
काठमाडौं। लिवर्टी इनर्जीको आइपिओ आज (सोमबार) बाँडफाँट गरिने भएको छ। भदौ ३ गतेदेखि आइपिओ बिक्री गरेको बाँडफाँटको तयारी गरेको एनआइबिएल एस क्यापिटलले जनाएको छ।
क्यापिटलका अनुसार शुक्रबार आईपिओको प्री-अलोटमेन्ट गरिएको छ। कम्पनीको आईपिओमा झन्डै २ लाखभन्दा बढीले आवेदन दिएका छन्।
आईपिओमा करिब १ लाख ९१ हजार १ सय आवेदकबाट ७३ लाख १४ हजार ७ सय १० कित्ताको लागि आवेदन परेको छ। यो कम्पनीले माग गरेको कित्ता भन्दा दोब्बर बढीको आवेदन हो।
कम्पनीले सर्बसाधारणलाई लागि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर निष्कासन गरेको हो।
क्यापिटलका अनुसार ३० कित्ता आवेदन दिने सबैले माग अनुसार सेयर पाउने छन् भने ४० कित्तादेखि १५ हजार कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथा अनुसार ३० कित्तामा थप गेरर दिने बिक्री प्रबन्धक क्यापिटलको भनाई छ।