
काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्सले निष्कासन गर्न लागेको आइपिओलाई नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । उक्त कम्पनीलाई जारी पुँजीको ३० प्रतिशत आइपीओलाई बोर्डले शुक्रबार अनुमति दिएको हो।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले एक सय अंकित मूल्यमा ६३ लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीको चुक्ता पुँजी एक अर्ब ४७ करोड छ भने अधिकृत पुँजी ३ अर्ब र जारी पुँजी २ अर्ब १० करोड रूपैयाँ छ।
कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ। इन्स्योरेन्सले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। इक्राले कम्पनीको वित्तीय अवस्था औसत रहेको जनाउने इक्राएनपी आईपीओ ग्रेड ४ प्रदान गरेको हो।