ऊर्जा उद्यमीको संस्था इप्पानले भन्यो ‘नयाँ सरकारसँग काम गर्न तयार छौं, सहकार्य गरौं’



बिजमाण्डू
२०८२ भदौ २८ गते १२:४८ | Sep 13, 2025
ऊर्जा उद्यमीको संस्था इप्पानले भन्यो ‘नयाँ सरकारसँग काम गर्न तयार छौं, सहकार्य गरौं’

काठमाडौं। ऊर्जा उद्यमीहरुको संस्थाले नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने बताएको हो।

Tata
GBIME
Nepal Life

जेनजीको आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त सुशीला कार्कीलाई बधाई दिँदै इप्पानले सहकार्य गर्ने उल्लेँ गरेको हो। ‘प्रधानन्यायाधीशको जिम्मेवारी पूरा गरिसकेकी कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्त भएकोमा’ इप्पानले खुशी व्यक्त गरेको छ।

ऊर्जा क्षेत्रमार्फत मुलुकुको समृद्धि हासिल गर्न सकिन्छ भन्ने उच्च मनोबलमा साथ विभिन्न समस्या र चुनौतीहरुबीच लगानी गरिरहेका ऊर्जा उद्यमीहरुको लागि कार्कीको कार्यकाल स्वर्णिम हुने अपेक्षा संस्थाले गरेको छ। इप्पान अध्यक्ष गणेश कार्कीले परिवर्तित अवस्थामा नयाँ अन्तरिम सरकारले लगानीमैत्री वातावरण निर्माणमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउने कार्य गर्ने अपेक्षा राखेको बताए।

‘हामी नयाँ अन्तरिक सरकारले लगानीमेत्री वातावरण बनाउने अपेक्षा गरेको छौं। अहिलेको अवस्थामा देशको पुनःनिर्माणसँगै आर्थिक समृद्धिको यात्रामा बढीभन्दा बढी लगानीमार्फत नेपाल सरकारसँगै सहकार्य र सहयात्रा गर्न तयार छौं,’ उनले भने।

अध्यक्ष कार्कीले नयाँ अन्तरिम सरकारले ऊर्जा उद्यमीहरुले ऊर्जा विकास र विस्तारका लागि हाल भोगिरेहको समस्या र चुनौतीहरु समाधानका लागि अग्रसर हुने अपेक्षा गरेको उल्लेख गरे। ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रले योगदान दिइरहेको र आगामी दिनमा अझ बढी दिनका लागि तयार रहेको उनले बताए