अपि पावरले किन्यो दिव्य ज्योति हाइड्रोपावर, मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजना निर्माण गर्ने

बिजमाण्डू
२०८२ साउन २८ गते १२:०८ | Aug 13, 2025
अपि पावरले किन्यो दिव्य ज्योति हाइड्रोपावर, मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजना निर्माण गर्ने


काठमाडौं। अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर प्राइभेट लिमिटेड र सो कम्पनीले प्रवर्धन गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजना खरिद गरेको छ।

GBIME
Tata

कम्पनीको साउन २७ गते बसेको संचालक समितिले ज्योति हाइड्रोपावर र कम्पनीले प्रवर्धन गरिरहेको जलविद्युत् आयोजना प्राप्तिको निर्णय गरेको हो।

अपि पावरले ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजना निर्माण गर्ने जनाएको छ।