
काठमाडौं। कृषि प्रधान देश नेपालमा धान चामलको आयात ८५ प्रतिशतले वृद्धि भएको छ।
चालु आर्थिक वर्ष ११ महिनामा ३७ अर्ब ४९ करोड ५२ लाख रुपैयाँको धान चामल आयात भएको छ। पोहोर सोही अवधिमा २० अर्ब २४ करोड रुपैयाँको धान चामल आयात भएको थियो।
भन्सार विभागका अनुसार यो आर्थिक वर्ष जेठसम्म १९ अर्ब ९९ करोड ९ लाख रुपैयाँको ५२ करोड १२ लाख ६७ हजार केजी धान आयात भएको छ।
यस्तै १० अर्ब २३ करोड ५९ लाख रुपैयाँको १५ करोड ६२ लाख ६१ हजार केजी गैरबासमती र ७ अर्ब २६ करोड ८४ लाख रुपैयाँको ६ करोड ६३ लाख ९७ हजार केजी बासमती चामल आयात भएको छ।
गत आर्थिक वर्ष ११ महिनामा ११ अर्ब ५५ करोड २५ लाख रुपैयाँको ३० करोड ५३ लाख १० हजार केजी धान, २ अर्ब ८३ करोड रुपैयाँको ३ करोड ६६ लाख ६० हजार केजी गैरबासमती र ५ अर्ब ८६ करोड रुपैयाँको ४ करोड ६१ लाख ६३ हजार ६६ केजी बासमती चामल आयात भएको थियो।