ग्वार्को ओभरपासमा निर्वाधरूपमा सवारी आवागमन, ड्रोनबाट हेर्दा यस्तो देखियो (तस्बिरहरू)

प्रवीण रानाभाट
२०८२ असार ७ गते १७:०५ | Jun 21, 2025
ग्वार्को ओभरपासमा निर्वाधरूपमा सवारी आवागमन, ड्रोनबाट हेर्दा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं। लामो समयको प्रतीक्षापछि ग्वार्को ओभरपास संचालनमा आएको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपास संचालनमा आएको हो।

Tata
GBIME

निर्माणका लागि ठेक्का सम्झौता भएको ४० महिनामा ओभरपास संचालनका लागि तयार भएको छ। १७ करोड ६ लाख रुपैयाँ लागतमा निर्माण भएको यस ओभरपासमा हाल निर्वाधरूपमा सवारी आवागमनका भइरहेको छ।

ओभरपास संचालनमा आएपछि ग्वार्को चोकमा हुने गरेको ट्राफिक जाम धेरै हदसम्म हटेको छ। अब कोटेश्वरबाट सातदोबाटोतर्फ र सातदोबाटोबाट कोटेश्वरतर्फ आउने जाने २/२ लेनमा सवारीसाधन ट्राफिक जाममा बसिराख्नु पर्दैन। जसले गर्दा क्रस गर्ने अन्य सवारीसाधन पुल मुनिबाट आउजाउ गर्न सक्छन्।

सरकारले काठमाडौं उपत्यकाका यस्ता मुख्य चोकहरूमा ओभरपास निर्माण गर्ने योजना अनुरुप यो पहिलो ओभरपास संचालनमा आएको हो।

२ वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष-समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। निर्माण कम्पनी र सरकार पक्षका कारण पटक-पटक म्याद थप गरेर ४० महिनापछि निर्माण सम्पन्न भएको हो।

म्याद थप गर्दा पनि निर्माण कम्पनीले तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकेपछि करिब १ करोड ४७ लाख हर्जाना तिराइएको छ। यस्तो देखियो ड्रोनबाट खिचिएको ग्वार्को ओभरपासको एरियल भ्यू :