नागरिकता विधेयकमा समितिले सक्यो संशोधनकर्तासँग छलफल, चाँडो टुंग्याउन गृहमन्त्रीको आग्रह

बिजमाण्डू
२०८२ जेठ २३ गते १४:३५ | Jun 6, 2025
नागरिकता विधेयकमा समितिले सक्यो संशोधनकर्तासँग छलफल, चाँडो टुंग्याउन गृहमन्त्रीको आग्रह


काठमाडौं। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयकमाथि संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न गरेको छ।

Tata
GBIME

समितिले विधेयकमा संशोधन पेश गरेका विभिन्न दलका ४६ जना सांसदसँगको छलफल शुक्रबार सम्पन्न गरेको हो। विधेयकमा ८५ वटा संशोधन परेका छन्।

समितिका सभापति रामहरि खतिवडाले संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न भएकाले अर्को बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष र पूर्वअध्यक्ष तथा भूतपूर्व गोर्खा सैनिकसँग सम्बन्धित संगठनका पदाधिकारीलाई बोलाएर छलफल गर्ने बताए।

बैठकमा गृहमन्त्री रमेश लेखकले विचाराधीन विधेयकलाई चाँडो टुङ्ग्याएर सदनमा पठाउन समितिसँग आग्रह गरे। सरकारले गत माघ १५ गते संसद्‍मा दर्ता गराएको नागरिकता विधेयक चैत १८ गतेदेखि समितिमा छ।