बिचौलिया शब्दमाथि प्रधानमन्त्रीको कटाक्ष, ‘घरमा यसो ठाकठुक परे पनि तँ बिचौलिया भन्दिन्छन्’



बिजमाण्डू
२०८२ बैशाख २८ गते १४:४८ | May 11, 2025
बिचौलिया शब्दमाथि प्रधानमन्त्रीको कटाक्ष, ‘घरमा यसो ठाकठुक परे पनि तँ बिचौलिया भन्दिन्छन्’


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि बैंकलाई लिएर बिचौलिया भन्दै सोधिएको प्रश्न प्रति कटाक्ष गरेका छन्।

Tata
GBIME

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले घरमा यसो ठाकठुक परे पनि तँ बिचौलिया! भनेर भन्ने गरिएको भन्दै कटाक्ष गरेका हुन्।

प्रधानमन्त्री ओलीले भूमि बैंकलाई बिचौलियासँग जोडेर सोधिएको प्रश्नलाई लिएर उक्त जवाफ फर्काएका हुन्।

‘शब्दको अर्थ अलिकति सस्तो भयो कि भन्ने लाग्छ,’ ओलीले भने, ‘जोत्न नसकेर जग्गा छोडेर विदेश गए। अनि त्यहाँ बिचौलियाले दु:ख दिए भन्ने प्रश्न कता आयो?’

त्यस्ता बाँझो जग्गा भूमि बैंकमा राख्दा अरुलाई त्यसमा काम गर्न दिइने हुँदा उत्पादन र उत्पादकत्व बढ्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे। विदेशमा बस्नेले पनि त्यस्ता जग्गाबापतको प्रतिफलको हिस्सा पाउने उनले बताए।

‘अनि यो बिचौलिया भयो?,’ उनले प्रश्न गरे।