चौध वर्षे वैभवको आईपीएलमा तहल्का, गुजरातलाई राजस्थानले हराएको खेलमा केके बने कीर्तिमान?

बिजमाण्डू
२०८२ बैशाख १६ गते ०६:२० | Apr 29, 2025
चौध वर्षे वैभवको आईपीएलमा तहल्का, गुजरातलाई राजस्थानले हराएको खेलमा केके बने कीर्तिमान?
क्रिजमा राजस्थानका वैभव सूर्यवंशी र यशस्वी जैसवाला। तस्बिर: आईपीएल


इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई हराएको छ। जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा सम्पन्न खेलमा राजस्थानले गुजरातलाई ८ विकेटले हराएको हो।

Tata
GBIME

टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०९ रन बनाएको थियो। गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ८४ रन बनाउँदा जोस बट्लरले अविजित ५०, साइ सुदर्शनले ३९ र वासिंटन सुन्दरले १३ रन बनाए।

बलिङमा राजस्थानका महीश थिक्सनाले २ विकेट लिँदा जोफ्रा आर्चर र सन्दीप शर्माले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १५.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो। राजस्थानका लागि १४ वर्षे वैभव सूर्यवंशीले ३८ बलमा ७ चौका र ११ छक्का प्रहार गर्दै १०१ रन बनाए। त्यस्तै यशश्वी जैसवालले ७० रन बनाउँदा रियान पराग ३२ रनमा अविजित रहे।

बलिङमा गुजराजका प्रसिद कृष्णा र राशिद खानले समान १ विकेट लिए।

योसँगै ९ खेलबाट १२ अंक बनाएको गुजरात तेस्रो स्थानमा कायम छ भने १० खेलबाट ६ अंक बनाएको राजस्थान ६ अंक बनाउँदै तालिकाको आठौं स्थानमा उक्लिएको छ।

कीर्तिमान केके बने?

गएराति सम्पन्न खेलमा कीर्तिमानहरु पनि बनेका छन्। पहिलो त यो आईपीएलको छिटो चेज गरिएको २ सयभन्दा माथिको स्कोर हो। २०९ रनको लक्ष्य राजस्थानले १५.५ ओभरमै भेट्टायो।

त्यस्तै वैभव सूर्यांशी आईपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कम उमेरको खेलाडी बने। उनले १४ वर्षको उमेरमै शतक प्रहार गर्दै कीर्तिमान आफ्नो नाम गरे।

छिटो शतक पुरा गर्ने मामिलामा पनि उनी दोस्रो स्थानमा पुगेका छन्। हालसम्म सबैभन्दा छिटो आईपीएलमा शतक क्रिस गेलले पुरा गरेका थिए। उनले ३० बलमा शतक प्रहार गरेका थिए। ३५ बलमा शतक प्रहार गरेका उनी दोस्रो नम्बरमा छन्। ३७ बलमा शतक बनाएका युसुफ पठान यो सूचिको तेस्रो नम्बरमा छन्।