१२५ वटा जलविद्युत आयोजनाले साढे २४ करोड बक्यौता रोयल्टी रकम बुझाउन बाँकी

बिजमाण्डू
२०८२ बैशाख १४ गते १४:२४ | Apr 27, 2025
१२५ वटा जलविद्युत आयोजनाले साढे २४ करोड बक्यौता रोयल्टी रकम बुझाउन बाँकी
File Photo


काठमाडौं । विद्युत विकास विभागले बक्यौता रोयल्टी रकम उठाउन छुटेका ऊर्जा उत्पादकहरुलाई रोयल्टी रकम बुझाउन पत्राचार गरेको छ।

GBIME
Tata

अघिल्लो आर्थिक वर्ष २००८/०८१ को रोयल्टी बापतको बक्यौता रकम बुझाउन छुटेका ऊर्जा उत्पादकहरुलाई बक्यौता रकम बुझाउन पत्राचार गरिएको हो। विभागको अनुसार १२५ वटा कम्पनीको साढे २४ करोड रुपैयाँ रकम बक्यौता बाँकी छ। आर्थिक वर्ष २०८०/२०८१ सम्म २४ करोड ४३ लाख २६ हजार बक्यौता रोयल्टी रकम उठाउन बाँकी रहेको जनाइएको छ।

विभागले सूचना जारी गर्दै बक्यौता रोयल्टी रकम भुक्तानी गरेर रोयल्टफ संकलन कार्यमा सहयोग गर्न प्रवर्धकहरुलाई विभागले आग्रह गरेको छ।

‘आर्थिक वर्ष २०८०/८१ सम्मको रोयल्टी बापक बुझाउनुपर्ने रकम नबुझाएका निजी क्षेत्रका प्रवर्धकहरुको बाँकी बक्यौता रोयल्टी रकम असुल उपर गर्न नेपाल विद्युत प्राधिकरणले स्वतन्त्र ऊर्जा उत्पादकहरुलाई गर्ने भुक्तानीबाट कट्टा गरि राजश्व दाखिला गर्न पत्राचार गरिएको व्यहोरा सम्बन्धित प्रवर्धकलाई जानकारी गराइन्छ,’ सूचनामा उल्लेख गरिएको छ,‘साथै बाँकी रोयल्टी संकलन कार्यमा सहयोग गर्न सम्बन्धित सबै प्रवर्धकहरुलाई विद्युत विकास विभाग अनुरोध गर्दछ।’

विभागले ऊर्जा उत्पादकहरुबाट क्यापासिटी रोयल्टी ‍र इनर्जी रोयल्टी संकलन गर्छ। जसमा विभागले उत्पादकहरुबाट इनर्जी रोयल्टी मासिक रुपमा र क्यापासिटी रोयल्टीमार्फतको वार्षिक रुपमा संकलन गर्दै आएको छ।

विभागले जलविद्युत आयोजनाहरुबाट उत्पादन सुरु गरेको १५ वर्षसम्म फुल क्यापासिटी(पूर्ण क्षमता)को २ प्रतिशत र १५ वर्ष भन्दामाथिको हकमा १० प्रतिशतका दरले रोयल्टी संकलन गर्छ।

कुन आयोजनाबाट कति बक्यौता उठाउन बाँकी?