
काठमाडौं। नेपाली यू-१९ क्रिकेट टोली सन् २०२६ मा नामिबिया र जिम्बाब्वेमा हुने विश्वकप पुग्न असफल भएको छ। यू-१९ विश्वकपको एसिया छनोट अन्तर्गत शनिबार मुलपानी क्रिकेट मैदानमा तय खेल वर्षाका कारण रद्ध हुँदै रनरेटमा अघि रहेको अफगानिस्तान विश्वकपमा पुगेको हो।
शुक्रबार बेलुकादेखि शनिबार बिहानसम्म भएको वर्षाका कारण भिजेको आउफिल्डका कारण निर्धारित समयमा टस हुनै सकेन। दिउँसो २ बजेसम्म पनि खेल हुन नसकेपछि खेल कल्डअफ भयो। नेपाल क्रिकेट संघ (क्यान)ले आजको खेलको टिकट शुल्क फिर्ता दिने जनाएको छ।
पाँच टोली सहभागी विश्वकप छनोटमा दुबै टोलीले लगातार तीन खेल जितेका थिए। यूएई, हङकङ र ओमन हराएका यी दुबै टोलीसँगै समान ६ अंक थियो।