नेपाल विद्युत् प्राधिकरणको संचालक समितिको बैठक आज ३ बजे बस्दै, के छ एजेण्डा?



बिजमाण्डू
२०८२ बैशाख ५ गते १४:५५ | Apr 18, 2025
नेपाल विद्युत् प्राधिकरणको संचालक समितिको बैठक आज ३ बजे बस्दै, के छ एजेण्डा?

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको संचालक समितिको बैठक आज ३ बजे बस्ने भएको छ। प्राधिकरणको श्वेतपत्र जारी गर्ने निर्णय गर्न ऊर्जामन्त्री दीपक खड्काले बोर्ड बैठक डाकेका हुन्।

Tata
GBIME
Nepal Life

बैठकबाट निर्णय भएपछि आइतबार नै श्वेतपत्र जारी गर्ने तयारी रहेको प्राधिकरण स्रोतले बतायो। स्रोतका अनुसार आज बस्ने बोर्ड बैठकको प्रमुख एजेण्डा नै श्वेतपत्र हो।

‘आजको बोर्ड बैठकको मुख्य एजेण्डा नै श्वेतपत्र जारी गर्ने रहेको छ। अरु सामान्य प्राधिकरणका नियमित एजेण्डा हुन्,’ स्रोतले भन्यो, ‘आजको बोर्डबाट निर्णय गराएर आइतबार नै श्वेतपत्र गर्ने तयारी छ।’

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेको दिन राति बसेको संचालक समितिको बैठकले प्राधिकरणको श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो। शाक्यले विशेषगरी श्वेतपत्र जारी गर्न जोडबल गरिरहेका छन्।

प्राधिकरणको आर्थिक अवस्था, भारतसँगको आयात-निर्यातको अवस्था लगायत विषय समेटेर श्वेतपत्र जारी गर्न लागिएको प्राधिकरण स्रोतले जनाएको छ।