गर्भनर नियुक्तिमा भएको ढिलाइबारे प्रचण्ड : बिचौलियाका बीचमा कुरा नमिलेर हो

बिजमाण्डू
२०८२ बैशाख ४ गते ११:४० | Apr 17, 2025
गर्भनर नियुक्तिमा भएको ढिलाइबारे प्रचण्ड : बिचौलियाका बीचमा कुरा नमिलेर हो


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिचौलियका कारण राष्ट्र बैंकको गर्भनर नियुक्तिमा ढिलाइ भएको बताएका छन्।

Tata
GBIME
NLIC

भैरहवामा आयोजित अन्तक्रिया कार्यक्रममा उनले बिचौलियाहरुबीच नै तानातान हुँदा नियुक्त हुन नसकेको बताएका हुन्।

‘गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ। तपाईंहरुलाई लाग्छ होला पार्टीहरुको बीचमा भागबन्डा मिलेको छैन,’ प्रचण्डले भने।

उनले बिचौलियाले कहिले कांग्रेससँग त कहिले एमालेसँग मिलेका कारण गभर्नर नियुक्तिमा समस्या भएको आरोप लगाए।

‘यो समूहको हुने कि त्यो समूहको हुने भन्ने टुंगिएको छैन। उनीहरुले कहिले कांग्रेसलाई कहिले एमालेलाई पकडमा राखेका छन्,’ उनले भने।