
काठमाडौं। राजस्व छली गरेर नेपाल ल्याइएको लसुन प्रहरीले बरामद गरेको छ। पर्सा प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका-३ झौवाबाट लसुन बरामद गरेको डीएसपी दीपक भारतीले जानकारी दिए।
कुखुरा फर्ममा स्टोर गरी राखिएको १ सय २ बोरा लसुन बरामद गरिएको हो। प्रहरीका अनुसार बोरामा १ हजार ७८० केजी लसुन थियो।
थप अनुसन्धानका लागि वीरगंज भन्सार कार्यालयमा लसुन बुझाइएको प्रहरीले जानकारी दिएको छ।