‍उच्च मूल्यमा पुगेको सुन तोलामा थप एक सय महँगियो, चाँदी २५ रुपैयाँ घट्यो

बिजमाण्डू
२०८१ भदौ १३ गते ११:२३ | Aug 29, 2024
‍उच्च मूल्यमा पुगेको सुन तोलामा थप एक सय महँगियो, चाँदी २५ रुपैयाँ घट्यो


काठमाडौं। उच्च मूल्यमा पुगेको सुन बिहीबार तोलामा थप एक सय रुपैयाँ महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार कारोबार मूल्य प्रति तोला १ लाख ५३ हजार २ सय रुपैयाँ भएको छ।

Tata
GBIME

साताको दोस्रो दिन कायम मूल्यमा ८ सय रुपैयाँ बढ्दा बुधबार कारोबार मूल्य प्रति तोला १ लाख ५३ हजार १ सय रुपैयाँ भएको थियो। पुनः लगातार बढेको सुनको मूल्य यो साताको पाँचौ दिन हालसम्मकै उच्च हो।

सोमबार र मंगलबार तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो भने आइतबार १ लाख ५२ हजार ४ सय रुपैयाँ थियो।

चाँदीको मूल्य भने बिहीबार तोलामा २५ रुपैयाँ घटेको छ। कारोबार मूल्य प्रति तोला १ हजार ८ सय ३० रुपैयाँ भएको छ। बुधबार तोलाको १ हजार ८ सय ५५ रुपैयाँ थियो भने मंगलबार १ हजार ८ सय ५० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औैस २५१७.८५ डलरले कारोबार भइरहेको छ। बुधबार २५०८.९७ डलर थियो।

चाँदी प्रतिऔंस २९.४७ डलरमा आइपुगेको छ। बुधबार २९.७२ डलरमा कारोबार भएको थियो।