काठमाडौं। उच्च मूल्यमा पुगेको सुन बिहीबार तोलामा थप एक सय रुपैयाँ महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार कारोबार मूल्य प्रति तोला १ लाख ५३ हजार २ सय रुपैयाँ भएको छ।
साताको दोस्रो दिन कायम मूल्यमा ८ सय रुपैयाँ बढ्दा बुधबार कारोबार मूल्य प्रति तोला १ लाख ५३ हजार १ सय रुपैयाँ भएको थियो। पुनः लगातार बढेको सुनको मूल्य यो साताको पाँचौ दिन हालसम्मकै उच्च हो।
सोमबार र मंगलबार तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो भने आइतबार १ लाख ५२ हजार ४ सय रुपैयाँ थियो।
चाँदीको मूल्य भने बिहीबार तोलामा २५ रुपैयाँ घटेको छ। कारोबार मूल्य प्रति तोला १ हजार ८ सय ३० रुपैयाँ भएको छ। बुधबार तोलाको १ हजार ८ सय ५५ रुपैयाँ थियो भने मंगलबार १ हजार ८ सय ५० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औैस २५१७.८५ डलरले कारोबार भइरहेको छ। बुधबार २५०८.९७ डलर थियो।
चाँदी प्रतिऔंस २९.४७ डलरमा आइपुगेको छ। बुधबार २९.७२ डलरमा कारोबार भएको थियो।