ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति



बिजमाण्डू
२०८१ जेठ १५ गते १५:५० | May 28, 2024
ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति


काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ९०० मेगावाट विद्युत थपेर ४ हजार ५०० मेगावाट पुर्‍याउने बताएका छन्।

Vigo
GBIME
Tata

उनले प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्रलाई संलग्न बनाउने गरी कानुनी व्यवस्था गरिने घोषणा गरेका छन्।

१२०० मेगावाट क्षमताको बुढीगण्डकी, ६७० मेगावाट क्षमताको दुधकोशी र ४१७ मेगावाट क्षमताको नलसिंहगाड जलविद्युत आयोजनाको निर्माण सुरु गरिने बताएका छन्।

जलाशययुक्त जलविद्युत आयोजनाको बाँध र विद्युत गृह छुट्टाछुट्टै प्रवर्धकबाट बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति सरकारले बजेटमार्फत अगाडि सारेको छ। यस्तै, निजी क्षेत्रबाट १०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने भनिएको छ।

अर्थमन्त्री पुनले १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन सुरु गरिने बताएका छन्।