मन्त्री महासेठले नरिवल फुटाए, जापानी राजदूतले स्याम्पेन फोडे, तस्विरमा सुरुङमार्ग ब्रेकथ्रुको क्षण

प्रवीण रानाभाट
२०८१ बैशाख ३ गते १६:१३ | Apr 15, 2024
मन्त्री महासेठले नरिवल फुटाए, जापानी राजदूतले स्याम्पेन फोडे, तस्विरमा सुरुङमार्ग ब्रेकथ्रुको क्षण


काठमाडौं । अन्तत: निर्माण सुरु भएको ५३ महिनापछि नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सुरुङमार्गको ब्रेकथ्रु गर्न ‘स्वीच’ थिचेसँगै धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो।

Tata
GBIME
NLIC

धादिङको सिस्नेखोला र काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ। नागढुंगाको घुमाउरो सडक र जामबाट आजित यात्रुलाई उक्त सुरुङमार्ग निर्माण भएपछि सहज हुने विश्वास छ।

कार्यक्रममा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नरिवल फुटाएका थिए। यस्तै, जापनी राजदूतले स्याम्पेन फोडेका थिए।

दुई हजार ६८८ मिटर लम्बाई भएको सुरुङमार्ग संचालन हुन भने अझै करिब एक वर्ष लाग्नेछ। जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको छ।