कुमारी बैंकको साढे २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कसले बेच्न खोज्यो ?

बिजमाण्डू
२०८१ बैशाख ३ गते १०:५१ | Apr 15, 2024
कुमारी बैंकको साढे २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कसले बेच्न खोज्यो ?

काठमाडौं। कुमारी बैंकले २७ हजार ४६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

Tata
GBIME

बैंकले सेयरधनी चन्द्रादेवी कँडेलको नाममा रहेको १५ हजार ७६६ र रन्जिता मानन्धरको नाममा रहेको ११ हजार ६९८ कित्ता सेयर बिक्रीमा राखेको हो।

उक्त सेयर खरिदका लागि हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्।

इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

तोकिएको समयभित्र आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।