अर्बपतिहरु झन् झन् धनी भइरहँदा विनोद चौधरीको नेटवर्थ १.८ अर्ब डलरमा स्थिर

बिजमाण्डू
२०८० चैत्र २१ गते १०:३८ | Apr 3, 2024
अर्बपतिहरु झन् झन् धनी भइरहँदा विनोद चौधरीको नेटवर्थ १.८ अर्ब डलरमा स्थिर


फोर्ब्स अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी १ हजार ७६४ औं स्थानमा रहेका छन्। अर्बपतिको सूचीमा टेलर स्विफ्टसहिचत नयाँ २६३ जना थपिँदा नेपालबाट चौधरीको नेटवर्थ स्थिर देखिएको छ।

Tata
GBIME
NLIC

फोर्ब्सका अनुसार अर्बपतिहरू पहिलेभन्दा झन् झन् धनी हुँदै गएको देखिएको छ। तर चौधरीको कूल सम्पत्तिमा कुनै बढोत्तरी देखिएको छैन। सन् २०२३ र २०२४ मा चौधरीको नेटवर्थ स्थिर देखिएको छ। उनको सम्पत्ति हाल करिब १.८ अर्ब डलर रहेको छ।

चौधरी नेपालका एकमात्र अर्बपति हुन्।

फोर्ब्सका अनुसार यो वर्ष विश्‍वभरमा अर्बपतिहरूको संख्या बढेर २ हजार ७८१ पुगेको छ। जुन गत वर्षको तुलनामा यो संख्या १४१ ले बढी हो भने २०२१ मा तय गरिएको रेकर्डभन्दा २६ बढी हो।

उनीहरूको समग्र सम्पत्ति जोड्ने हो भने १४.२ ट्रिलियन डलर हुन जान्छ। यो २०२३ को भन्दा २ ट्रिलियन डलर बढी हो भने २०२१ मै कायम भएको रेकर्डभन्दा १.१ ट्रिलियन डलर बढी हो।