बीआरआइबाट संजाल फैलाएको चीन सबैभन्दा ठूलो ऋणदाता, १५० बढी देशलाई १ ट्रिलियन ऋण

बिजमाण्डू
२०८० कात्तिक २१ गते १५:१० | Nov 7, 2023
बीआरआइबाट संजाल फैलाएको चीन सबैभन्दा ठूलो ऋणदाता, १५० बढी देशलाई १ ट्रिलियन ऋण


चीनको बेल्ट एन्ड रोड (बीआरआइ) योजना अन्तर्गत विभिन्न देशहरुले १ ट्रिलियन ऋण लिएको खुलेको छ। एक अध्ययन प्रतिवेदनका अनुसार चीन विश्वकै ठूलो ऋणदाता भएको छ। चीनले बीआरआई अन्तर्गत ८० प्रतिशत ऋण आर्थिक अवस्था कमजोर भएको राष्ट्रलाई दिने गरेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।

Tata
GBIME
NLIC

चीनका अनुसार बीआरआइमा हालसम्म १५० बढी देश संलग्न भएका छन्। चिनियाँ राष्ट्रपति सी चीनफिङले सुरु गरेको यो महत्वकांक्षी योजना अन्तर्गत कम र मध्यम आय भएका देशलाई पुल, बन्दरगाह, राजमार्ग लगायतका पूर्वाधार निर्माणका लागि ऋण दिइएको छ।

भर्जिनिया कलेज अफ विलियम एन्ड मेरीको अर्थ व्यवस्था ट्रयाक गर्ने अनुसन्धान विभाग एडडेडका अनुसार ऋणी देशहरुमध्ये आधाभन्दा बढीले साँवा तिर्नुपर्ने बेला भइसकेको छ।

१५० बढी देशमा संचालित बीआइआइका २१ हजारभन्दा बढी आयोजनाहरुको लगानी अध्ययन गरी सो प्रतिवेदन तयार गरिएको एडडेटाले दाबी गरेको छ। बेइजिङले मध्यम र कम आय भएका राष्ट्रलाई ८० बिलियन प्रति वर्ष सहयोग र ऋण स्वरुप दिने प्रतिबद्धता व्यक्त गरेको दाबी समेत गरिएको छ। अमेरिकाले ती देशहरुलाज्ञ प्रति वर्ष ६० बिलियन अमेरिकी डलर दिँदै आएको छ।

‘बेइजिङ निकै असहज परिस्थितिसँगै जुध्दै विश्वकै ठूलो ऋण संकलनकर्ता बनिरहेको छ,’ रिपोर्टमा उल्लेख छ।

‘कूल ऋणमा साँवामात्रैलाई आधार मान्ने हो भने विकाशउमन्मुख देशले चीनलाई १.१ ट्रिलियन तिनुपर्नेछ,’ रिपोर्टमा भनिएको छ। चीनले बीआरआइमार्फत लगानी गरेको देश मध्ये ८० प्रतिशत कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेकोसमेत रिपोर्टमा उल्लेख छ।

चीनको बीआरआइ परियोजनाले ग्लोबल साउथमा स्रोत र साधनको पहुँच बढाउनुका साथै आर्थिक विकासमा पनि सहयोग गरेको भन्दै प्रशंसा पनि हुने गरेको छ। तर आलोचकहरुले देशहरुले चीनको ऋणको भार बोक्न नसक्ने भन्दै आलोचना पनि गरिरहेका छन्।

पछिल्लो समय विकासउन्मुख देशको ऋण व्यवस्थापनमा चुकेका कारण चीनले ठूलो घाटा ब्यहोर्नु परेको थियो। ती कमजोरीहरुबाट सिक्दै चीन अहिले ‘क्राइसिस म्यानेजर’ बन्दै गरेको समेत रिपोर्टमा उल्लेख छ। ऋण व्यवस्थापन अन्तर्राष्ट्रिय प्रचलन अनुसार नै चलाउँदै चीन अघि बढ्न खोजेको हाल देखिएको छ।

‘चीन अहिले पैसा फिर्ता नआउने सम्भावनालाई चिर्दै आफूलाई सुरक्षित बनाउने योजनामा लागिरहेको छ,’ रिपोर्टमा लेखिएको छ।