सान मिगेलद्वारा रमाइलो अवस्थाको दोस्रो संस्करण प्रस्तुत, गोर्खा ब्रुअरीको एप पनि सार्वजनिक

बिजमाण्डू
२०७२ चैत्र ५ गते ००:०० | Mar 18, 2016
सान मिगेलद्वारा रमाइलो अवस्थाको दोस्रो संस्करण प्रस्तुत, गोर्खा ब्रुअरीको एप पनि सार्वजनिक


काठमाडौं। सान मिगेल वियरले आफ्ना ग्राहकका लागि दोस्रो चरणको प्रवर्द्धनात्मक कार्यक्रम 'हल्का रमाइलो अवस्था' उपभोक्तामाझ ल्याएको छ। गर्मीको सिजनसँगै सान मिगेलले अघि सारेको यस प्रवर्द्धनात्मक कार्यक्रमले मित्रता र उमंगको सन्देश दिने गोर्खा ब्रुअरीले जनाएको छ।
 

Tata
GBIME
NLIC

पहिलो चरणको हल्का रमाइलो अवस्था कार्यक्रम पनि मित्रताको भावना र उमंगलाई बढावा दिने रहेको र अहिलेको कार्यक्रम पनि त्यस्तै रहेको कम्पनीले जनाएको छ। 'सान मिगेल बिल्कुलै अलग उद्देश्य लिएर आफ्ना ग्राहकहरूसमक्ष आउँदै छ,' गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक, फिलिप नोर्लेले भने, 'ग्राहकमाझ सान मिगेलले साथीभाइको मित्रता र उमंगलाई फरक उचाइमा लिएर जानेछ।'
 
त्यस्तै सान मिगेल बियरले मित्रता र साथीभाइको साथ प्रतिनिधित्व लामो समयदेखि गर्दै आएको र यस अवस्थाको दोस्रो पाटो प्रस्तुत गर्न पाउँदा हर्षित भएको गोर्खा ब्रुअरीका बजार व्यवस्थापन प्रमुख वैभव शर्माले बताए।
 
गोर्खा ब्रुअरीले दोस्रो संस्करण प्रस्तुत गरेसँगै अवस्था एप पनि सार्वजनिक गरेको छ।  यो एपबाट ग्राहकले आफ्ना  साथीहरूबीच बिताएको रमाइला पल मोवाइलबाट खिचेर सामाजिक सञ्जालमार्फत सेयर गर्न सक्ने कम्पनीले जनाएको छ। यो एप हाल ’प्ले स्टोर’बाट डाउनलोड गर्न सकिन्छ।