
काठमाडौं। रामेछापको मन्थलीमा कभर्ड हल निर्माणको काम पुरा नगरेको भन्दै सुनकोशी-गिरी जेभीसँग वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले ठेक्का तोड्ने भएको छ। पटक पटक ताकेता गर्दा पनि उक्त निर्माण कम्पनीले सम्झौताअनुसार काम सम्पन्न नगरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आइतबार सूचना जारी गर्दै निर्माण कम्पनीलाई ठेक्का नतोड्नुपर्ने कारण भएमा १५ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ। सुनकोशी/गिरी जेभीले सम्झौता बमोजिमको समयभित्र निर्माण कार्य सम्पन्न नगरेको उक्त सूचनामा उल्लेख छ।
काम पुरा गर्नका लागि पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि लामो समयसम्म कुनै चासो नदेखाएको सूचनामा उल्लेख छ।
कम्पनीले मन्थलीको कर्भड हलहरु निर्माण ठेक्का लिएको थियो। उक्त योजना निर्माणको काम वर्षौदेखि अलपत्र छ।