एनआईसी एशियाको २३औं वार्षिक सभा मंसिर २१ मा, मंसिर १० सम्म कायम सेयरधनीलाई २०% लाभांस

बिजमाण्डू
२०७७ कात्तिक २७ गते ११:१० | Nov 12, 2020

Tata
GBIME

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले मंसिर २१ मा कम्पनीको २३औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको मुख्यालय काठमाडौंको थापाथलीमा बिहान ९ बजेदेखि सुरु हुनेगरी उक्त दिनलाई सभा बोलाएको हो । 

बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनश सेयर र करसहित १ प्रतिशत नगद लाभांश गरी सेयरधनीलाई कुल २० प्रतिशत प्रतिफल दिने प्रस्ताव साधारणसभा लैजादै छ । सभाले उक्त लाभांश पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् । 

बैंकले साधारणसभा प्रयोजनको लागि र लाभांश बुकको लागि मङ्सिर १० गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएकोे छ। मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। सभाले १९ प्रतिशत बोनस सेयर पारित गरेपछि बैंकको पूँजी ११ अर्ब ५६ करोड रुपैयाँ पुग्ने छ।