न्यादी हाइड्रोपावरले साढे ४० लाख कित्ता आइपीओ जारी गर्ने, नागरिक लगानी कोष अण्डरराइटर नियुक्त

बिजमाण्डू
२०७७ भदौ २३ गते १६:१८ | Sep 8, 2020
न्यादी हाइड्रोपावरले साढे ४० लाख कित्ता आइपीओ जारी गर्ने, नागरिक लगानी कोष अण्डरराइटर नियुक्त

Tata
GBIME

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन (आइपिओ) का लागि नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता (अण्डरराइटर) नियुक्त गरेको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका ४० लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो । उक्त सेयरको प्रत्याभूति व्यवस्थापनका लागि कम्पनीले नागरिक लगानी कोषलाई नियुक्त गरेको हो । 

यसका लागि कोषका तर्फबाट कार्यकारी निर्देशक  रमण नेपाल र न्यादी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी गर्ने कुल साधारण सेयरमध्ये १५ लाख कित्ता आयोजना प्रभावित स्थानीयलाई छुट्याएको छ । यस्तै, तीन लाख कित्ता आयोजनाका संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुका लागि र बाँकी २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको छ।

सर्वसाधारणलाई छुट्याइएको साढे २२ लाख कित्तामध्ये एक लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएको छ। हाल कम्पनीको जारी पुँजी डेढ अर्ब रहेको छ ।