लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांस पारित, साधारण सेयरधनीबाट दुई जना सदस्य निर्वाचित

बिजमाण्डू
२०७७ असार २४ गते १६:०० | Jul 8, 2020
लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांस पारित, साधारण सेयरधनीबाट दुई जना सदस्य निर्वाचित


काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभाले ८ करोड ५८ लाख रुपैयाँको बोनस सेयर पारित गरेको छ।

Tata
GBIME

कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड छ। कम्पनीको बुधबार बसेको साधारणसभाले पारित गरेको लाभांसपछि चुक्ता पुँजी एक अर्ब १४ करोड रुपैयाँ हाराहारी पुग्ने छ। कम्पनी दिएको बोनस सेयर यसअघि बिक्री गरिएको हकप्रद सेयर भरेकाको हकमा पनि लागु हुने छ। कम्पनीले २० प्रतिशत हकप्रद जारी गरेको थियो।

कम्पनीका अध्यक्ष मनोहरदास मूलले साधारणसभामा प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पारित भएको छ। 

साधारणसभाले सर्वसाधारण सेयरधनीबाट गणेशराज रेग्मी र कमल भट्टराईलाई सञ्चालक समितिमा निर्वाचित गरेको छ। उनीहरुको कार्यकाल चार बर्षको हुने छ।