विकास बैंक गाभिएपछि वाणिज्य बैंकहरुको निक्षेप सातामै ६४ अर्बले बढ्यो, कुल ऋण २८ खर्ब नाघ्यो

बिजमाण्डू
२०७६ चैत्र ४ गते १४:४३ | Mar 17, 2020
विकास बैंक गाभिएपछि वाणिज्य बैंकहरुको निक्षेप सातामै ६४ अर्बले बढ्यो, कुल ऋण २८ खर्ब नाघ्यो


काठमाडौं। मर्जरका कारण कैलाश विकास बैंकको निक्षेप वाणिज्य बैंकमा गणना भएपछि सातामै बैंकहरुको ऋण र निक्षेपमा उच्च सुधार देखिएको छ।

Tata
GBIME

फागुन २८ गते प्राइमले कैलाशलाई गाभेर एकीकृत कारोबार गरेको थियो। फागुन ३० गतेसम्मको तथ्यांकअनुसार, २७ वाणिज्य बैंकको कुल निक्षेप ६४ अर्बले बढेको छ। यो एक साताको वृद्धि हो।

ऋण पनि ३३ अर्बले बढेको छ। अहिले बाणिज्य बैंकहरुसँग कुल निक्षेप ३१ खर्ब ४० अर्ब पुगेको छ। ऋण पनि ३७ खर्ब ३ अर्ब  पुगेको छ।

मर्जरभन्दा अघिल्लो साता ऋणको विस्तार ११ अर्बले भएको थियो। निक्षेप पनि सात अर्बले बढेको थियो। 'ख' वर्गको राष्ट्रिय स्तरको विकास बैंक गाभिँदा वाणिज्य बैंकको निक्षेप ह्वात्तै बढेको हो। 'अर्ग्यानिक' वृद्धिदर भने कम छ।

गत असार मसान्तदेखि अहिलेसम्म २७ बैंकको कुल निक्षेप २६२ अर्बले बढिसकेको छ। ऋण भने ३०५ अर्बले बढेको छ।