बुटवल उपमहानगरपालिकामा १०% घर बहाल कर उठाउन निर्देशन, आजैदेखि लागू हुने

बिजमाण्डू
२०७५ जेठ २ गते १०:३४ | May 16, 2018

रुपन्देही। बुटवल उपमहानगरपालिकाले जेठ १ गतेवाट घर बहाल कर  लिने भएको छ । उपमहानगरपालिकाले सबै वडा कार्यालयलाई आजदेखि घर बहाल कर उठाउन निर्देशन दिएको छ ।

Tata
GBIME
Nepal Life

त्यसका लागि मंगलबार नै उपमहानगरपालिकाले सबै वडा कार्यालयहरुमा पत्राचार गरेको थियो । सरकारले दिएको अधिकार अनुसार आजबाट घर बहाल कर उठाउन लागेको उपमहानगरपालिकाका राजस्व समितिका संयोजक तथा वडा नम्वर ४ का अध्यक्ष टंक पराजुलीले बताए  ।

बिगतमा आन्तरिक राजस्व कार्यालयमा १० प्रतिशत र नगरपालिकामा २ प्रतिशत बुझाउनु पर्ने व्यवस्था रहेकोमा उपमहानगरपालिकाले नगर परिसदको निणर्य अनुसार १० प्रतिशत घर बहाल कर लिने छ ।

उपमहानगरपालिकाले चालु आर्थिक बर्षको घर वहाल कर तिर्दा आन्तरीक राजश्व कार्यालयमा तिरी सकेकालाई २ प्रतिशत मात्रै लिने व्यवस्था गरेको आर्थिक महाशाखा प्रमुख शिवनारायण शाहले वताए ।

बुटवल उपमहानगरले घरबहाल कर लिने भएपछि  आन्तरिक राजस्व कार्यालयले घर बहाल कर उठाउने छैन । उपनगरपालिकाले घर बहाल उठाउँदा बुटवलबाट करोडौ घर बहाल कर उठने अनुमान गरीएको छ ।