मोफसल केन्द्र रहेका एक्सेल डेभलपमेन्ट बैंक र दुर्इ माइक्रोफाइनान्सको लाभांश घोषणा

बिजमाण्डू
२०७४ भदौ २६ गते १४:५० | Sep 11, 2017

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत तीनवटा कम्पनीले सोमबार लाभांश घोषणा गरेका छन्। एक्सेल डेभलपमेन्ट बैंक, समता माइक्रोफाइनान्स र वोमी माइक्रोफाइनान्सले यस वर्षको लाभांश घोषणा गरेका हुन्।   
 
झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको ३०.१२ प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि छुट्टै १.५८ प्रतिशत नगद लाभांश दिने भएको छ।

Tata
GBIME

बारा जिल्लाको सिमारामा मुख्य कार्यालय रहेको समता माइक्रोफाइनान्सले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ११.५८ प्रतिशत नगद लाभांश दिने भएको छ।

धादिंङको नौबिसेमा मुख्य कार्यालय रहेको वोमी माइक्रोफाइनान्सले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि १.१० प्रतिशत नगद लाभांश दिने जनाएको छ।

तीनवटै कम्पनीले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन्।