लाइसेन्स पर्खिरहेछन् निर्जीवन बीमा कम्पनी, नयाँ १० जीवन बीमा कम्पनीपछि मात्रै निर्जीवनको पालो

बिजमाण्डू
२०७४ भदौ १४ गते १५:५५ | Aug 30, 2017

काठमाडौं। बीमा समितिमा निर्जीवन बीमा ब्यवसायकालागि केही कम्पनीहरु लाइसेन्सको प्रतिक्षामा रहेका छन्। जसका प्रमोटरमा तथा निवेदकमा सानिमा इन्स्योरेन्स कम्पनीका अरुण कुमार ओझा, जनरल इन्स्योरेन्सका  झपट बहादुर बोहरा, अजोड इन्स्योरेन्सका दिनेश शर्मा पौडेल, मनकामना इन्स्योरेन्सका लक्ष्मण बाबु श्रेष्ठ रहेका छन्। जसमध्ये मनकामना इन्स्योरेन्स कम्पनीका लक्ष्मण बाबु श्रेष्ठको मृत्यु भैसकेको छ।

Tata
GBIME

सानिमा इन्स्योरेन्सले बीमा समितिमा २०६४ साउन १ गते आवेदन दर्ता गरेको थियो यसको प्रोमोटरमा क्रमश: अरुण  कुमार ओझा, जुगल भुर्तेल, मोलिलाल दुगड र साम्भा लामा रहेका छन्।

जनरल इन्स्योरेन्सले बीमा समितिमा २०६४ मंसिर २१ गते आवेदन दर्ता गरेको थियो। कम्पनीको प्रोमोटरमा क्रमश: झपट बहादुर बोहरा, राजेन्द्रदास श्रेष्ठ, उपेन्द्र पौडेल,  प्रेमनिधि ज्ञवाली, राजेन्द्र लाल बज्राचार्य रहेका छन्।

अजोड इन्स्योरेन्सले बीमा समितिमा २०६४ चैत २४ गते आवेदन दर्ता गरेको थियो। कम्पनीको प्रोमोटरमा विनोद कुमार विष्ट, आजाद श्रेष्ठ, मिनमान श्रेष्ठ, राजेन्द्र कुमार कायस्त,  मिन बहादुर गुरुङ रहेका छन्।

मनकामना इन्स्योरेन्सले बीमा समितिमा २०६५ जेठ ५ गते आवेदन दर्ता गरेको थियो। कम्पनीको प्रोमोटरमा ध्रुब कुमार श्रेष्ठ, किरण शाख:, सकुन्तला हिराचन, रमेश शर्मा,  अर्जुन प्रसाद शर्मा, जिप छिरिङ लामा, जयराम लामिछाने, परशुराम कुँवर, खुमा प्रसाद अर्याल, रामेश्वर थापा रहेका छन्।  

बीमा समितिको अधिकार क्षेत्र भित्र परेको निर्जीवन बीमा कम्पनीको लाइसेन्स दिन केही समय लाग्ने बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागार्इले बताए।

नयाँ १० जीवन बीमाको काम सकिएपछि मात्र निर्जीवन बीमाको काम सुरु गर्ने उनले बताए। ‘यसको लागि कम्तिमा पनि ३ महिना भन्दाबढी समय लाग्न सक्छ त्यसैले नयाँ निर्जीवन बीमा कम्पनीले केहि समय कुर्नु पर्ने हुन्छ’- उनले बिजमाण्डूसँग भने।