सिटिजन्स बैंक इन्टरनेशनलको नाफा एक अर्ब २१ करोड, गतवर्ष १३ करोड बढ्यो, अर्बपति क्लबमा कायमै

बिजमाण्डू
२०७४ साउन ६ गते १०:१६ | Jul 21, 2017
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक बर्ष २०७३/७४ मा एक अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो बर्षको तुलनामा बैंकको नाफा १३ करोड रुपैयाँले बढेको हो।
 
बैंकले गत आर्थिक बर्षमा ५२ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघि बर्ष बैंकको निक्षेप र कर्जा क्रमशः ४७ अर्ब ३९ करोड र ४० अर्ब ५६ करोड रुपैयाँ थियो।
 
बैंकको खुद ब्याज आम्दानी गत बर्ष १४ करोड रुपैयाँले बढेर एक अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। बैंकले एक बर्षमा चुक्ता पूँजी चार अर्ब ४० करोड रुपैयाँबाट बढाएर छ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ।
 
साथै पछिल्लो एक बर्षमा बैंकको जगेडा कोष पनि उल्लेख्य रुपले बढेको छ।  आर्थिक बर्ष २०७२/७३ मा ९० करोड ३९ लाख रुपैयाँ रहेको जगेडा कोष गत असारसम्ममा दुई अर्ब ५२ करोड रुपैयाँ पुगेको हो।
 
बैंकको पूँजी कोष अनुपात १२.४० प्रतिशत बाट बढेर १६.९१ प्रतिशत पुगेको छ। खराब १.३८ प्रतिशतबाट घटेर १.२८ मा झार्न बैंक सफल भएको छ। नाफा बढेपनि पूँजी दूई अर्ब धेरैले बढेको कारण प्रति शेयर आम्दानी भने कम देखिएको छ। बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ रहेको छ।   
  
 

Tata
GBIME