यसै बर्षदेखि शेयर ब्रोकरबाटै ऋण लिन पाउने बाटो खुल्यो, ब्रोकरको चुक्ता पूँजी बढ्ने निश्चित

बिजमाण्डू
२०७३ माघ २१ गते १३:०८ | Feb 3, 2017

काठमाडौं। सरकारले चालु आर्थिक बर्षभित्रै शेयर ब्रोकरमार्फत ऋण लिन पाउने व्यवस्था गर्ने भएको छ। यसका लागि सरकारले अर्थ मन्त्रालय र नेपाल धितोपत्र वोर्डलाई निर्देशनसमेत दिइसकेको छ।

Tata
GBIME

ब्रोकरमार्फत कर्जा लिन पाउने व्यवस्थाका बारेमा पटक पटक कुरा उठे पनि कार्यान्वयन हुन सकेको थिएन। यसपाली भने सरकारले पाँच बर्षे रणनीति बनाउँदै चालु आर्थिक बर्षबाटै नयाँ व्यवस्था लागू गर्ने जनाएको छ।

सरकारले ब्रोकरबाट ऋण लिन पाउने व्यवस्था गर्नका लगि उनीहरुको चुक्ता पूँजीसमेत बृद्धि गर्दैछ। सरकारले चालु बर्षभित्रै मर्चेन्ट बैंकर नियमावलीसमेत संशोधन गर्ने छ।

सरकारले बजार निर्माता, धितोपत्र दलाल र डिलर नियमावली पनि संशोधन गर्ने भएको छ। साथै सरकारले चालु आर्थिक बर्षभित्रै मर्चेन्ट बैंकरलाई कर्पोरेट एडभाइजरको रुपमा कमा गर्ने स्वीकृति दिने भएको छ।