एउटा यस्तो घुम्मकड, जसको यात्रा तस्वीर हेरेपछि तपाई भन्नुहुनेछ OMG !

बिजमाण्डू
२०६९ भदौ १३ गते ००:०० | Aug 29, 2012
एउटा यस्तो घुम्मकड, जसको यात्रा तस्वीर हेरेपछि तपाई भन्नुहुनेछ OMG !


लण्डन । तपार्इँलाई घुम्ने फुर्सद कत्तिको हुन्छ ? जवाफ धेरै आउन सक्छ । जागिर खाने भन्छन फुर्सदै छैन, वेरोजगार भन्छन फुर्सद त टन्नै छ गोजी रित्तै, उमेर ढल्केका भन्छन्, यो उमेरमा के घुम्नु ? युवा भन्छन्, अध्ययन गर्दै छु, जागीरमा व्यवस्त छु । तर, घुम्ने इच्छाशक्ति भएपछि कसैलाई केही कुराले पनि असर पार्दैन । त्यसको एउटा जिउँदो उदाहरण हुन्, जर्मन नागरिक गुन्थर हलटर्फ । आउनुहोस् यिनै ७४ वर्षिय हलटर्फको  २३ वर्षे यात्रा तस्वीर समाचारमा हेरौं, जसले जर्मनीबाट यात्रा सुरु गरेका थिए, यात्राका क्रममा सगरमाथा आइपुगे, विश्वका धेरै देश पुगे, यात्रा अझै जारी छ…

सन् १९८९ देखि पत्नीसहित आफ्नो मर्सिडिज बेञ्ज जी वेगन गाडिमा १८ महिने यात्रामा निस्केका हलटर्फको यात्रा १८ महिनामा टुँगिएन, उनको यात्रा अझै जारी छ ।
 
यात्राका क्रममा अनेकौं अद्भुत एवं रोमाञ्चक दृश्यहरु देखेका र खतरासँग उनको सामाना भयो । उनले यात्राका क्रममा वाइनाकुलर र क्यामेरा बाहेक अरु कुनै प्रविधिको सहयोग लिएका छैनन् ।

यी तस्वीरहरु उनका मित्र एवं व्यावसायिक फोटोग्राफर डेविड लेम्केले लिएका हुन । लेम्के प्रारम्भका केहि महिना हलटर्फसँगै यात्रामा थिए । उनका अनुसार हलटर्फ विश्वकै महान घुमन्तेहरुमा पर्छन ।

हलटर्फकोलागि सकारात्मक पक्ष के रह्यो भने २३ वर्षे लामो यात्राका क्रममा युद्धग्रस्त विभिन्न देशमा पुगे पनि उनलाई कुनै असर परेन । दुबै पक्षले उनलाई सुरक्षित तरिकाले सीमापार गराएको उनको अनुभव छ ।

विश्वलाई २० पटक चक्कर लगाउँदा हुने दुरी बराबर उनले घुमे, यात्राका क्रममा उन्को गाडिको ट्युव धेरै पटक पञ्चर भयो तर पनि गाडिमा ठूलो खराबी कहिल्यै आएन । जस्तो सुकै भौगोलिक अवस्थामा पनि मासिंडिज गुडिरह्यो ।

हलटर्फले ‘अटो’ भन्ने उनको गाडिमा दैनिक आवश्यकताका हरेक सामान उपलब्ध छन् । उनीहरु खाना पनि त्यहिं बनाएर खान्छन, त्यही गाडी नै विस्तारा पनि हो ।

उनको सबैभन्दा ठूलो खर्च पेट्रोलमा हुन्छ, यात्राकालागि उनले सहयोग पनि नपाएका होइनन् विज्ञापनका लागि आउने यस्ता सहयोगमा उनसलाई खास रुची छैन् ।

अधिकांश यात्रा सहज भए पनि केहि यात्रा भने उनका लागि निक्कै कष्टपूर्ण रह्यो, अफ्रिकामा यस्ता जोखिमपूर्ण पुल तर्नुपर्यो, जहाँ उनको गाडी मात्रै होइन, जीवन पनि जोखिममा थियो ।

यात्राका क्रममा उनको सामान विभिन्न जनावरसँग पनि भयो तर उनीहरुलाई ती जनावरले कहिल्यै  ठुलो क्षति पुर्याएनन् बरु धेरै पटक उनीहरुसँग रमाए ।

यात्राका क्रममा हलटर्फ उत्तर कोरिया जस्तो कट्टर कम्युनिष्ट मुलुक पनि पुगे, जहाँ पुग्न कहिल्यै सहज थिएन । अमेरिका–इराक युद्धका दौरान उनीहरु इराकमा घुमिरहेका थिए तर युद्धले उनीहरुलाई कुनै असर पारेन ।

क्युवामा रहेको ग्वान्टानामो खाडी समेत पुगेका हलटर्फ क्युवा प्रवेश गर्नकालागि उनले फिडेल क्यास्ट्रोका भाई एवं राष्ट्रपति राउल क्यास्ट्रोसँग अनुमति लिनुपर्यो ।

यात्राका दौरान हटटर्फ मरुभूमि, घना जंगल, समुद्र तट, अग्ला पहाड देखि सगरमाथाको आधार शिविरसम्म उनीहरु पुगे । मौका मिले अझै एक पटक यही गाडिमा विश्व घुम्ने उनको इच्छा छ । तर, दुखद कुरा के छ भने उनको अबको यात्रा जीवन संगिन क्रिस्टिना विना नै गर्नुपर्ने छ । किनभने उनको यात्रामात्रै होइन जीवनकै सहयात्री क्रिष्टिनाको हालै देहान्त भयो ।

Tata
GBIME