काँक्रेविहारको असोज ११ बाट आइपिओ, एक लाख २० हजार कित्ता सेयर सर्वसाधरणलाई

बिजमाण्डू
२०६९ भदौ ३१ गते ००:०० | Sep 16, 2012

काठमाडौं । काँक्रेविहार विकास बैंकले असोज ११ गतेबाट सर्वसाधारणका लागि सेयर निस्कासन गर्ने भएको छ । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीयस्तरको बैंकले १ लाख २० हजार कित्ता सेयर जारि गर्ने भएको हो । एक सय रुपैयाँ अंकित दरका सेयर खरिदका लागि न्युनतम ५० कित्तासम्मका लागि आवेदन दिन सकिने छ । सर्वसाधारणले १० हजार कित्ता सेयरसम्मका लागि आवेदन दिन सक्ने छन् ।
बैंकले गत वर्ष १८ लाख ७७ हजार नाफा कमाएको थियो । बैंकको प्रति सेयर आम्दानी १० रुपैयाँ ४३ पैसा छ । चुक्ता पुँजी १ करोड ८० लाख रुपैयाँ रहेको बैंकको सेयर निस्कासनपछि पुँजी ३ करोड रुपैयाँ पुग्ने छ ।

Tata
GBIME