इन्टरनेसनल डेभलपमेन्ट बैंकले असोजमा साधरण सेयर जारी गर्ने

बिजमाण्डू
२०६९ भदौ २९ गते ००:०० | Sep 14, 2012

काठमाडौं । इन्टरनेसनल डेभलपमेन्ट बैकले असोजको दोस्रो साता सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ । बैकले सर्वसाधारणका लागि १९ करोड २० लाख रुपैयाँको सेयर सर्वसाधरणका लागि जारी गर्ने भएको हो । सेयर निष्कासनका लागि बिक्री प्रवन्धक नागरिक लगानी कोष तथा एनसिएम मर्चेन्ट बैकिङ नियुक्त गरेको छ । यो बैक तीन वर्षअघि सञ्चालनमा आएको हो । बैकले गतवर्ष ५ करोड खुद नाफा गरेको प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले जानकारी दिए । उनका अनुसार बैकले सोही अवधिमा ३ अर्ब ३७ करोड निक्षेप संकलन गरी २ अर्ब ४३ करोड कर्जा लगानी गरेको छ । बैकको उपत्यकामा ७ र वाहिर ७ गरी १४ शाखा सञ्चालनमा छन् । बैकले पहिलो वर्षदेखिनै मुनाफा आर्जन गर्न सफल भएको थियो ।

Tata
GBIME