मलेसियन एअरलाइन्स भदौ १६ मा नेपाल आउने, एनएलाई चुनौती थपियो

बिजमाण्डू
२०६९ असार २१ गते ००:०० | Jul 5, 2012
मलेसियन एअरलाइन्स भदौ १६ मा नेपाल आउने, एनएलाई चुनौती थपियो


काठमाडौं । मलेसियाको बजेट एअरलाईन्स एअर एशियाले उडान थालेको तेस्रो दिन मलेसियन एअरलाईन्स(मास)ले सेप्टेम्वर १ (भदौ १६)बाट क्वालालम्पुर–काठमाडौं उडान थाल्ने घोषणा गरेको छ । मलेसियन एअरलाइन्सले विहिवार  प्रेस विज्ञप्ति जारी गर्दै क्वालालम्पुर–काठमाडौं साताको तीन उडान भर्ने घोषणा गरेको हो ।
एअर एशियाले मंगलवारबाट मात्रै साताको दुई दिनका लागि काठमाडौंको उडान थालेको हो । मासले ७३७–८०० बोइङबाट काठमाडौं उडान भर्ने छ । यो एअरलाइन्समा १४४ वटा इकोनोमी र १६ वटा विजनेश क्लासका सिट हुनेछन् ।
मासको एमएच १७० नम्वरको फलाइट् स्थानीय ८ बजेर ३५ मिनेटमा छुटी साढे ११ बजे काठमाडौं आउने जानकारी दिएको छ । सोही विमान काठमाडौंबाट १२.२० मा उडेर साँझ सात बजे क्वालालम्पुर विमानस्थलमा पुग्नेछ । मासले क्वालालम्पुर, पेनाङ र जोहरवारुबाट काठमाडौंका लागि इकोनोमी क्लासमा दुइतर्फी प्रमोशनल भाडा ३३ हजार रुपैयाँ (१२ सय रिंगेट) तोकेको छ ।
यसबाहेक मलेसियाको कोटा किनाबालु र कुचीङबाट ५१ हजार रुपैयाँ (१८७८ रिंगेट) फेयर तोकेको छ । यो फेयर ९ जुलाईदेखि १६ जुलाईसम्म टिकट बुकिङ गर्ने र सेप्टेम्वर १ देखि ३१ डिसेम्वर २०१२ भित्र उड्ने यात्रीका लागि तय गरिएको मासले जानकारी दिएको छ । मासका मलेसिया तथा आसियान क्षेत्रका उपाध्यक्ष इनकिक मुजामिल मोहमदले यो उडानबाट नेपाल र मलेसियाले व्यापार, लगानी र पर्यटनमा फाइदा लिन सक्ने बताए । उनले भनेका छन्, हामीले आउँदा दिनमा काठमाडौंमा थुप्रै सम्भावनाहरु देखेका छौं, त्यही सम्भावनालाई समात्न हामीले छिट्टै उडान भर्ने निर्णय ग¥यौं ।
मासले काठमाडौं पर्यटकहरुका लागि उडान हव भएको भन्दै नेपाल पर्यटकका लागि बजेटमा छुट्टि मनाउन सकिने क्षेत्र भएको बताएको छ । उपाध्यक्ष मोहमदले काठमाडौंको उडानबाट श्रम बजारमा काम गर्ने नेपालीलाई समेत फाइदा पुग्ने बताएका छन् । मासबाट नेपालीले विश्वका थुप्रै शहरहरुमा कनेक्टिङ फ्लाइट पाउने समेत उनले बताएका छन् । मासले आफ्नो उडान सञ्चाल बलियो बनाउने विजनेश प्लान अनुसार ७ डिसेम्वर २०११ मै काठमाडौं उडानको घोषणा गरेको थियो ।
मलेसियन एअरलाइन्सको प्रवेशपछि नेपाल एअरलाइन्सको सबैभन्दा धेरै मुनाफा हुने क्षेत्रमा ठूलो धक्का लाग्ने भएको छ । मलेसियामा अहिले चार नेपालीले रोजगारी गरिरहेका छन् ।

Tata
GBIME