विद्यार्थीलाई सहुलियतको ग्यास र मट्टितेल दिने सरकारको निर्णय, बन्द फिर्ता लिन अपिल

बिजमाण्डू
२०६९ भदौ २६ गते ००:०० | Sep 11, 2012
विद्यार्थीलाई सहुलियतको ग्यास र मट्टितेल दिने सरकारको निर्णय, बन्द फिर्ता लिन अपिल


काठमाडौं । सरकारले न्युन आय भएका विद्यार्थीलाई खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर साढे दुई सय रुपैयाँ र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ छुट दिने भएको छ । बाणिज्य तथा आपूर्ती मन्त्रालयले असोज १ गतेदेखि लागू हुने गरी सामुदायिक उच्च मावि, सरकारी विश्वविद्यालय र पब्लिक क्याम्पसमा अध्ययरत विद्यार्थीलाई यो छुट पाउने जानकारी प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
न्युन आय भएका विद्यार्थीप्रति सम्वेदनशिल भै छुट दिने निर्णय गरेको जानकारी दिंदै मन्त्रालयले सर्वसाधरणलाई पर्ने बन्द हड्तालको कार्यक्रम फिर्ता लिन पनि आग्रह गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बुधवार बिहान विभिन्न विद्यार्थी संगठनले बन्दको घोषणा गरेका थिए ।
नेपाल आयल निगमले एलपी ग्याँसमा अहिले नै प्रतिसिलिण्डर ३६४ रुपैयाँ अनुदान दिएको जानकारी दिंदै मन्त्रालयले न्युन आय भएका विद्यार्थीलाई प्रतिसिलिण्डर ग्याँस १२ सय २० रुपैयाँमा उपलब्ध गराउने निर्णय गरेको हो ।
न्युन आय भएका विद्यार्थी, किसान र ग्रामिण भेगमा बसोबास गर्ने विपन्न वर्गलाई सुहलियत प्रदान गर्न गठित कार्यदलको प्रतिवेदन २०६८ अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को २०६८ को निर्णयबाट सरकारले एलपी ग्याँस र मट्टितेलमा छुट दिने निर्णय गरेको हो ।
मन्त्रालयले न्युन आय भएका जनताका लागि गरिवी निवारण कोषले वितरण गर्ने परिचयपत्रका आधारमा पेट्रोलियम पदार्थमा छुट दिने र कृषकले प्रयोग गर्ने डिजलमा छुट दिन कृषि विकास मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी पनि दिएको छ ।

Tata
GBIME