कलर्सका थप दुई मोवाइल भित्र्याइए, किटक्याट अपरेटिङ सिस्टम एक्स २१ र एक्स २६ वेभ बजारमा

बिजमाण्डू
२०७१ असोज १ गते ००:०० | Sep 17, 2014
कलर्सका थप दुई मोवाइल भित्र्याइए,  किटक्याट अपरेटिङ सिस्टम एक्स २१ र एक्स २६ वेभ बजारमा

काठमाडौं। कलर्स मोबाइलका दुई नयाँ मोडलका मोबाइल नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि कलर्सको आधिकारिक बिक्रेता टेलिटक प्रालिले एक्स २१ र एक्स २६ वेभ नामका दुई मोबाइल बजारमा ल्याएको हो।

Tata
GBIME
NLIC

एन्ड्रोइडको ४.४ किटक्याट अपरेटिङ सिस्टममा चल्ने यी दुवै स्मार्टफोनमा दुई वटा सिमकार्ड प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

एक्स २६ वेभमा ४ इन्चको एलसिडी स्त्रि्कन रहेको छ भने दुई मेगापिक्सलको रियर क्यामेरा र ०.३ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ। दुईसय ५६ एमबीको र्‍यामसमेत रहेको यस मोबाइलको मूल्य ६ हजार ४ सय ९५ रुपैयाँ तोकिएको छ।

त्यस्तै एक्स२१ वेभ मोबाइलमा तीन मेगापिक्सलको रियर र शून्य दशमलव ३ मेगा पिक्सलको फ्रन्ट क्यामेरा रहेको छ। २ जिबीको मेमोरी तथा दुईसय ५६ एमबीको र्‍याम रहेको यस मोबाइलको मूल्य ५ हजार ७ सय ९५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।