
काठमाडौं। प्रभु मनी ट्रान्सफरले दशैं तिहार र छटपर्व लक्षित गरी प्रभु डबल बहार योजना ल्याउने भएको छ।
रकम पठाउने तथा पाउने दुवैको हातमा उपहार पुर्याउने उद्देश्यसहित प्रभुले आइतबारबाट लागु हुने गरी नयाँ योजना ल्याउन लागेको हो।
यो योजना प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा पैसा प्राप्त गर्ने ग्राहक मध्येबाट हरेक दिन एक जनाले १ लाख १० हजार रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बिमा पाउने छन्। यस्तै हरेक दिन एक जनालाई लेमन मोवाइलको बी २०१ मोवाइल तथा हरेक हप्ता एक जनालाई लेमन पी १४ मोवाइल प्रदान गरिने प्रभु मनि ट्रान्सफरले जनाएको छ। यो योजना २९ अक्टुवरमा सकिने छ ।
यस्तै प्रभुमार्फत नेपाल पैसा पठाउने एक जनालाई पनि हरेक हप्ता एकतर्फी हवाई टिकट प्रदान गरिने प्रभुले जनाएको छ।
यो योजना अन्तर्गत बम्पर उपहार अन्तर्गत एक जनाले ४२ इन्चको एलइडी टेलिभिजन र डिस होम प्याकेज उपलब्ध गराइने प्रभु मनि ट्रान्सफरकी उपाध्यक्ष कुसुम लामाले बताइन्। यस्तै पहिल्यै डिस होम राखिसकेका परिवारलाई भने एक वर्षको रिचार्ज फ्रि गरिदिने योजना प्रभुले अघि सारेको छ।
लेमन मोवाइल प्रभुले नै बेच्ने
भारतमा उत्पादित लेमन मोवाइलको नेपालमा आधिकारिक विक्रेताका रुपमा प्रभु समूहले नै काम गर्ने भएको छ। यसका लागि विभिन्न व्यवस्थापकीय काम भइरहेको र चाँडै नै प्रभु समूहले नै मोवाइल नेपाल भित्र्याउने लामाले बताइन्।
प्रभुका ग्राहकका लागि आवश्यक सम्पूर्ण सेवा दिने उद्देश्यले कम्पनीले मोवाइल भित्र्याउन लागेको उनको भनाइ छ। ग्रामीण इलाकाका ग्राहकका लागि लक्षित गरेर सस्तो मोवाइल ल्याउन लागेको उनले जानकारी दिइन् ।