कतार र इतिहादवीच छुटको प्रतिश्पर्धा, नेपालका उडानमा इतिहादको ४० प्रतिशत छुट

बिजमाण्डू
२०६९ भदौ २१ गते ००:०० | Sep 6, 2012
कतार र इतिहादवीच छुटको प्रतिश्पर्धा, नेपालका उडानमा इतिहादको ४० प्रतिशत छुट


काठमाडौं । सहुलियत टिकटमा कतार एयरवेज र इतिहाद एयरलाइन्सबीच प्रतिस्पर्धा सुरु भएको छ । कतार एयरवेजले सहुलियतको घोषणा गरेको भोलिपल्टै इतिहादले काठमाडौमा हुने आफ्ना उडानमा ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।
इतिहादको नेपाल कार्यालयले यो छुट तीन दिनसम्म मात्रै लागु हुनेछ । कम्पनीका अनुसार तीन दिनसम्म इकोनोमी र विजनेश क्लास टिकटमा यो छुट पाइनेछ । भोलीदेखि आइतबारसम्म छुटको टिकट खरीद गर्नुपर्ने र भदौ २५बाट फागुन ३० भित्र उडान गरिसक्नुपर्ने कम्पनीले प्रावधान राखेको छ । 
यो भाडामा काठमाडौबाट लन्डन, फ्यांकफर्ट, म्युनिख, जेनेभा, ब्रसेल्स, म्यानचेस्टर, मिलान, एथेन्स, इस्तानबुल जेदाहा, दम्माम, रियाध, कुवेत, दोहा, त्रिपोली, कायरो, लागोस, जोहोन्नेवर्ग र नैरोबी उडान गर्न पाइने कम्पनीले जनाएको छ । 
 

Tata
GBIME