सुन प्रतितोला नौ सय रुपैयाँ बढ्यो, सबै रेकर्ड टुटे, मूल्य ५९ हजार नौ सय

बिजमाण्डू
२०६९ भदौ १७ गते ००:०० | Sep 2, 2012
सुन प्रतितोला नौ सय रुपैयाँ बढ्यो, सबै रेकर्ड टुटे, मूल्य ५९ हजार नौ सय


काठमाडौं । आइतवार एकै दिन सुन प्रतितोला नौ सय रुपैयाँले बढेको छ । विहिवार तीन सय रुपैयाँ घटेपछि ५९ हजार रुपैयाँमा ओर्लिएको सुन आइतावारको वृद्धिपछि ५९ हजार नौ सय रुपैयाँ पुगेको छ । नयाँ मूलयसँगै सुनले अहिलेसम्मकै सबै रेकर्डलाई तोडेको छ । यसअघि अघिल्लो साता सुन ५९ हजार चार सयको उचाईसम्म पुगेको थियो ।
साताको सुरुदेखि नै उकालो लागेको सुनको मुल्य गत सोमवार अहिलेसम्मकै उच्च मुल्य प्रति तोला ५९ हजार चार सय रुपैयाँमा कारोवार भएको थियो, त्यस यता मंगलवार केहि घटेको सुनको मुल्य बुधवार एक सय रुपैयाँले बढेर कारोवार भएको थियो । भने विहिवार तीन सय रुपैयाँ घटेर ५९ हजारमा कारोवार भएको थियो । अन्तराष्ट्रिय बजारसँगै सुनको मुल्य बढे पनि नेपाल भारत लगाएतका देशमा सुनको कारोवार भने सुस्ताएको छ ।
आइतवार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । आइतवार चाँदी प्रति तोलामा ४० रुपैयाँ बढेर एक हजार एक सय ४५ रुपैयाँमा कारोवार भएको छ । गत शुक्रवार चाँदी प्रति तोलामा दश रुपैयाँ घटेर कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life