
स्टकहोम । हर्ट अट्याकबाट बच्ने थुप्रै उपाय होलान, हालै मात्रै बैज्ञानिकहरुले अर्को एउटा उपाय पत्ता लगाएका छन्, त्यो हो प्रसस्त चकलेट खाने ।स्वीडेनका बैज्ञानिहरुले ३७ हजार मानिसमा गरेको अनुसन्धानको नतिजा हालै सार्वजनिक गर्दै चकलेट धेरै खाने मानिसलाई हर्ट अट्याकको संभावन कम हुने बताएका हुन् ।
अनुसन्धानमा सहभागिहरुले दश वर्ष लामो अध्ययनपछि यस्तो निष्कर्ष निकालेका हुन् । अध्ययनमा सहभागी भएका मानिसलाई चार भागमा बाँडिएको थियो जसमध्ये एक समूहमा चकलेट खाँदै नखाने मानिस थिए भने त्यसपछिका समूहमा रहेका मानिसहरुमा चकलेटको मात्रा बढाउँदै लगिएको थियो । सवैभन्दा धेरै चलकलेट खाने समूहमा पर्नेहरुले हप्ताको ६३ ग्राम तौल बरावरको चकलेट बार खाएका थिए ।
सबै समूहको अध्ययन गर्दा चकलेट नखानेको तुलनामा चकलेट खानेहरुलाई हर्ट अट्याक हुने संभावना १७ प्रतिसतले कमि पाइएको न्युरोलोजी जर्नलमा प्रकासित लेखमा उल्लेख गरिएको छ । चललेटमा हुने फ्लाभोनाईडस् नामको तत्वले गर्दा हर्ट अट्याक हुने संभावन कम भएको अनुसन्धानमा सहभागी प्रोफेसर सुसान्ना लार्सनले बताईन ।
यता, स्ट्रोक एसोसिएसनले भने अनुसन्धानको नतिजाले चकलेज जति खाए पनि हुन्छ भन्न नखोजेको बताएको छ । चकलेट खाँदाका अन्य धेरै बेफाईदा भएकोले ठिक्क मात्रामा मात्रै खानुपर्ने उसको सुझाव छ । अनुसन्धनकर्ताले पनि उच्च चिनी र चिल्लो पदार्थ भएका चकलेटबाट सचेत रहनुपर्ने बताएका छन् ।