कतारको काठमाडौं–लण्डन ‘बिजनेश क्लास’मा ३० प्रतिशतसम्म छुट, तीन साताको अफर

बिजमाण्डू
२०७१ असार १७ गते ००:०० | Jul 1, 2014
कतारको काठमाडौं–लण्डन ‘बिजनेश क्लास’मा ३० प्रतिशतसम्म छुट, तीन साताको अफर

काठमाडौं । कतार एयरवेजले काठमाडौं–लण्डनको ‘बिजनेश क्लास’ उडानमा ३० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । १ जुलाईदेखि २३ जुलाईको अवधिमा टिकट खरिद गर्ने यात्रुले ३ जुलाईदेखि २३ जुलाईको अवधिमा छुटमा यात्रा गर्न सक्ने एयरलाइन्सले मंगलवार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
कतारको राष्ट्रिय ध्वजावाहाक कतार एयरवेजले स्थापनाको १७ वर्षमा तिव्र प्रगति गरेको छ । कतारले अहिले १३४ विमानबाट विश्वका १४३ स्थानमा उडान गर्दै आएको छ । युरोप, मध्यपूर्व, अफ्रिका, एशिया प्यासिफिक, दक्षिण र उत्तर अमेरिकामा कतारको उडान सञ्जाल छ । कतारले जुलाई १ बाट अमेरिकाको डल्लासमा उडान थाल्दै छ ।

Tata
GBIME
Nepal Life