होन्डा मोटरसाइकलको विक्रेता स्याकार ट्रेडिङका पाँच स्थानमा सर्भिस स्टेसन

बिजमाण्डू
२०६९ भदौ १४ गते ००:०० | Aug 30, 2012
होन्डा मोटरसाइकलको विक्रेता स्याकार ट्रेडिङका पाँच स्थानमा सर्भिस स्टेसन


काठमाडौ । स्याकार ट्रेडिङ कम्पनीले राजधानीमा पाँच स्थानमा सर्भिस स्टेसन खोलेको छ । होन्डा मोटरसाइकलको आधिकारिक बिक्रेता स्याकारल कुमारीपाटी, सीतापाइला, कुपण्डोल, बत्तिससपुतली र पेप्सीकोलामा सर्भिस स्टेसन खोलेको हो । कम्पनीले बत्तिसपुतलीमा अटो इन्जिनियरिङ एन्ड एमआर सेन्टर, कुमारीपाटीमा माई अटो केयर सेन्टर, सीतापाइलामा टि एन्ड टि अटो केयर प्रालि, कुपन्डोलमा निसी इन्टरप्राइजेज र पेप्सीकोलामा फ्रेन्डस अटोलिंक सुरु गरेको हो । पाँचवटै सर्भिस सेन्टरबाट होन्डा मोटरसाइकल र स्कुटर सर्भिसिङ सेवा दिने कम्पनीले जनाएको छ ।

Tata
GBIME