आयल निगमको चुक्ता पुँजी बढाइने, नौ करोडको चुक्ता पुँजी १९ अर्ब पुग्ने

बिजमाण्डू
२०६९ भदौ १२ गते ००:०० | Aug 28, 2012

काठमाडौं । नेपाल आयल निगम चुक्ता पुँजी १९ अर्बको हुने भएको छ । चुक्ता पुँजी ९ करोडको मात्रै रहेको निगमको कारोबार एक खर्ब पुगेपछि पुँजी बढाउन लागेको हो । पुँजी बढाउनकै लागि आगामी ३५ दिन भित्रै विशेष साधारणसभा हुने भएको छ । पेट्रोलियम पदार्थको कारोबार बढ्दै गएपनि चुक्ता पुँजी कम भएपछि निगमको सञ्चालक समितिले बढाउने निर्णय गरेको थियो ।
निगमको शुक्रवार भएको साधारणसभाबाट चुक्ता पुँजी बढाउने निर्णय विशेष साधारणसभाबाट गर्ने टुंगो भएको थियो । निगमको सञ्चालक समितिले यसअघिनै पुँजी बढाउने निर्णय गरिसकेको छ । निगम संचालक समिति सदस्य राजीव गौतमको संयोजकत्वमा गठन भएको समितिले तयार पारेको प्रतिवेदनका आधारमा पुँजी बढाउने निर्णय भएको हो ।
स्रोतका अनुसार निगमलाई तेल ल्याउन सरकारले दिएको ऋणलाई सेयर स्वामित्व परिवर्तन गरेर पुँजी बढाउने योजना बनाइएको छ । निगमले तेल ल्याउन लिएको ऋण अपलेखन गरेर सेयर स्वामित्व बढाउने निर्णयप्रति निगम व्यवस्थापनले भने असहमति जनाएको छ ।

Tata
GBIME