अलिबाबाका ज्याक मा, शून्यबाट अर्बौं डलरको ‘एम्पाएर’

बिजमाण्डू
२०७१ जेठ ६ गते ००:०० | May 20, 2014
अलिबाबाका ज्याक मा, शून्यबाट अर्बौं डलरको ‘एम्पाएर’


अलिबाबाका ज्याक मा, शून्यबाट अर्बौं डलरको ‘एम्पाएर’
चिनियाँ रिटेल कम्पनी अलिबाबा यतिबेला अमेरिकामा आइपिओ निष्काशनको तयारी गर्दैछ । डेढ दशक अघि चिनियाँ नागरिक ज्याक माले आफ्नो घरको फ्ल्याटबाट सुरु गरेको अलिबाबा अमेरिकी स्टक बजारमा सूचिकृत हुँदा फेसबुकभन्दा सानो वालमार्टभन्दा ठूलो आइपिओ हुनेछ । फब्र्सको सूची अनुसार मासँग अहिले १२ अर्ब डलर बराबरको सम्पत्ती छ ।

अमेरिकी सूचिकरणपछि यो एकैपटक बढ्ने अनुमान हुँदैछ, कतिपयले मालाई अहिले बिल गेट्ससँग पनि तुलना गर्छन्, र भविष्यमा माको सम्पत्ती गेट्सको भन्दा बढी हुने प्रक्षेपण पनि गर्छन् । अमेरिकी सूचिकरणपछि माले कति सम्पत्ती बढाउलान्, त्यो समयले बताउनेछ तर उनको चर्चा अहिले नै बढ्न थालेको छ ।
उनै मा दुई महिना अघि नेपाल आएका थिए, अत्यन्तै साधरण जीवनशैली जिउने मा आफ्नो विशेष विमानमा काठमाडौं आए । नेपालका प्रधानमन्त्री सुशिल कोइरालासँग भेट गरे । उनले चौधरी समूहका अध्यक्ष विनोद चौधरीसँग पनि छलफल गरे र नेपालबाट फर्किए । उनै माका विषयमा चाइना डेली एशिया विक्लीमा तयार पारेको फिचर कथा बिजमाण्डूका लागि अपार प्रमोदले साभार गरे ।   


एक पटक चिनियाँ कम्पनी अलिबाबाका प्रमुख कार्यकारी अधिकृत ज्याक माले भनेका थिए, मैले सुरुवात गरेको अलिबाबा कम्तिमा पनि १०२ वर्षको बनाउने चाहना छ ।
सन् १९९९ मा हांगझाउ जेझीयांगमा आफ्नै अपार्टमेन्टबाट सुरुवात गरेको अलिबबा कम्तिमा सन् २१०१ सम्म संचालन गर्ने माको लक्ष्य छ ।
माले सोचे जस्तो मात्रै भैदिए उनको अलिबबा होल्डिंग समूह सन् २१०२ मा प्रवेश गर्छ तर त्यसको ८५ वर्ष अघि नै उनको अलिबाबाले चीनमा मात्रै होइन् विश्वभर सफलतापूर्वक संचालनको नमुना बन्ने छ  ।
उनको यो सपना पुरा होला नहोला अहिले नै भन्न सकिन्न थथापी यो भने निश्चित छ कि १५ औं बर्ष प्रबेश गर्नै लाग्दा चिनिया अनलाईन रिटेल बजार को ९० प्रतिशत हिस्सा अलिबाबाको भइसकेको छ ।
यसबाट के स्पष्ट हुन्छ भने अलिबाबा चिनियाँमाझ अत्यधिक सफल ब्राण्ड हो, कम्पनी हो ।
हामी अत्यन्तै भाग्यमानी कम्पनी हौ, माले चाइना डेलीको एशिया विक्लीसँग भने, र यो भाग्यको ठूलो हिस्सा इन्टरनेट युगसंग सम्बन्धित भएर  प्राप्त भएको उनले बताए । उनले भने, मैले यसलाई अधिकतम उपयोग गर्न सक्षम भएँ ।
उनले थपे ूऔधोगिक युगमा धनी बन्न बाबुबाजे नै धनी हुन जरुरि छैन् । न उनका बाबु धनी थिए न परिवारनै धनी थियो ।
उनी आफै सामान्य आर्थिक स्थितिबाट गुज्रिएको परिवारमा हुर्किएका हुन् । त्यस्तो व्याक्तिले एकदिन यसरी खर्बपती हुने गरी सफलता प्राप्त गर्ला भनेर कसैले सोचेकासम्म थिएनन् । ४९ बर्षिय मा, स्कुले जीवनमा न्यून अंक हासिल गर्थे तर अंग्रेजी बिषयमा भने उनी सानैदेखि अब्बल थिए ।
उनले पछि गएर अंग्रेजी शिक्षकको रुपमा काम पाए । सन् १९९४ मा उनी उद्यमी भएर अमेरिका भ्रमणमा गए ।   
उनको अंग्रेजी बिषयप्रतिको रुची र अब्बलताले नै उनका लागि सुनौलो जीवनको ढोका खोलिदियो ।
सन् २००० मा दिएको छ मिनेट लामो प्रस्तुतिबाट प्रभावित भएपछि जापानको सफ्टबैंक कर्पोरेसनले मालाई दुई करोड डलर बराबरको लगानी दियो ।
सन् १९९९ माइन्टरनेट सम्बन्धि ससाना व्यापार प्रयास पश्चात् मध्यम तथा साना इन्टरप्राइजेजले चाहेको ठाउँमा व्यापार गर्न सजिलो बनाउने उद्देश्यले अन्य १७ जना सह(संस्थापकसंग मिलेर माले अलिबबाको सुरुवात गरेका थिए ।
बिजिनेस टु बिजिनेस (बिटुबि) अनलाइन प्ल्याटफर्म सुबिधा प्रदान गर्ने अलिबाबाले चिनियाँ सप्लायर र अन्तरास्ट्रिय खरिदकर्तावीच सूचनाको खाडल पुरिदियो जसले गर्दा अलिबबा आश्चर्यजनक ठुलो इ(कमर्स  समूह बन्न सफल भयो । यसले एमाजोन, ई-बे र पेपल सबैको सामूहिक काम एकै ठाउँमा गर्न थाल्यो ।
अलिबबा, टाओबाओ, टिमल र जुहानसुहान आदिमार्फत अघिल्लो वर्ष चिनियाँ अनलाईन् उपभोक्ताले १.५४ ट्रिलियन चिनियाँ युआन अर्थात् दुई खर्ब ४८ अर्ब डलर बराबरको बस्तु खरिद गरे जुन चिनियाँ कुल अनलाइन ब्यापारको करिब ८६ प्रतिशत हिस्सा हो । यो चीनको कुल रिटेल व्यापारको झण्डै साढे ६ प्रतिशत हो ।
करिब दश वर्षबाट अलिबबाको विकासक्रम नियालेका टिएच क्यापिटल एलएलसीका चिफ विश्लेषक टियान होउ माको व्यापार विस्तार शैली अमेरिकी कम्पनी माइक्रोसफ्ट संस्थापक बिल गेट्सकोभन्दा भिन्न रहेको ठान्छन ।
गेट्सको शैक्षिक पृष्ठभूमि प्राविधिक हो जसले गर्दा उनले आफ्ना उत्पादनलाई नयाँ उचाईमा पुर्याउन् आफ्नो शैक्षिक ज्ञान सहयोगी बन्यो तर माले चलाएको अलिबाबाको सफलता भने नितान्त उनकै आफ्नै दृष्टिकोण हो ।
यसभन्दा अगाडी कुनै मानक र नियम नभएको अवस्थामा ई-कमर्स अर्थतन्त्रमा आधारित विसुद्ध भर्चुअल समाजको निर्माण गर्नु चानचुने काम थिएन ।
अलिबाबाको प्राथमिक सार्बजनिक निष्काशन (आईपीओ) ले अलिबाबा र माको प्रोफाइल चीन सिमित ब्यापार घेरा तोडेर वालस्ट्रिटका लगानीकर्तासम्म पुर्याउन थालेको छ ।
उनीहरुका लागि अब अलिबाबा केवल चिनिया ई-कमर्स कम्पनीमा मात्रै सिमित भएन आउन लागेको आईपीओले अलिबाबालाई विश्वको उत्कृस्ट कम्पनीमध्ये एक बनायो ।
यूएस सेक्युरिटिज एक्सचेन्ज कमिसनले अलिबाबाको नियामक दाखिलालाई एक अर्ब डलर बराबर मुल्यांकन गर्यो । जुन वास्तविक अनुमानभन्दा करिब ९५ प्रतिशत कम भयो ।
ब्लुमबर्गका अनुसार अलिबाबाको अनुमान २००८ मा भिसा इन्क को १६।६५ अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको थियो । अलिबाबाले अहिलेसम्म कति संख्यामा सेयर निस्कासन गर्ने, कति मूल्य, प्रस्तावित मिति र न्यूयोर्क एक्सचेन्ज वा नासदाकमा जाने समेत सार्बजनिक गरेको छैन  ।
बिष्लेशकहरुका अनुसार अलिबाबाको अब आउने आईपीओ कम्तिमा पनि १५० देखि २५० अर्ब डलरको बिचमा रहने अनुमान गरेका छन् ।
यस्तै भएमा पनि अलिबाबाको मूल्यांकन सामाजिक सञ्जाल फेसबुकभन्दा कम र रिटेल जायन्ट वालमार्टभन्दा माथि रहने छ । सन् २००० मा आफू अलिबाबा आउँदा ताका यसको सफलताको केहि गम आफूले पाएको बताउँछन भाइस प्रेसीडेन्ट पोर्टर एरिसम्यान ।
उनी अलिबाबा आउँदा कम्पनी भर्खरै हांगझाउ जेझीयांगको अपार्टमेन्ट छाडेर बाहिर निस्किएको थियो, चीनमा ग्लोबल इन्टरनेट कम्पनी खोल्ने माको अनौठो सपनाले आफु तानिएको पोर्टरले खुलासा गरे ।
यस्तो चुनौतीपूर्ण काममा आफु सम्मिलित नभई रहन नसकेकाले उनले अलिबाबालाई चुने । उनको अलिबाबा अनुभब समेटिएको डकुमेन्ट्री ूक्रोकोडाईल इन द यांगजीूले थुप्रै अवार्ड पनि जित्यो ।
पोर्टर थप्छन, साधारण मान्छेबाट असाधारण नतिजा निकाल्न सक्ने माको सक्षमता बोसजस्तो नभई कोचको जस्तै छ ।
मा आफ्नो टिमबाट कोचझैँ सत प्रतिशत इफोर्ट चाहन्छन र उनीहरुले आफुलाई बोस मान्नु भन्दा पनि आफ्नो महत्वपुर्ण उद्देश्य प्राप्त गर्न हौसला दिन्छन् । जसले करोडौ रोजगारी सिर्जना गरोस । सन् २००८ मा अलिबाबा छाडेका पोर्टर भन्छन अलिबाबाले धेरै इ-कमर्स साइट इ-बे जस्ता धेरैसंग जुधेर अघि बढेको हुनाले त्यतिवेलै अलिबाबा विश्वस्तरिय हुने लागेको थियो ।

अन्य ई-कमर्स साइटले शुल्क लिएर अरुका उत्पादन अफ्नोमा राखिदिन्थे तर अलिबाबाले सुरुमा निसुल्क उत्पादनको प्रोमोसन् गर्न दियो जसले गर्दा उसलाई बजार लिन समय लागेन ।
सन् २००० मा सफ्टबैंक र २००५ मा याहूसंग लगानी गराएको अलिबाबाले बजारमा आफ्नो उकृष्ट उपस्थितिका कारण याहूको सेयर मूल्य उकास्न मात्रै सफल बनेन । यसले अलिबाबामा दुई करोड डलर लगानी गर्ने सफ्टबैंक सस्थापक मासायोशिका छोरालाई करिब ३५ प्रतिशत अलिबाबा सेयरसहित विश्वका धनि व्यक्तिहरुको सुचिमा समेट्ने निश्चित प्राय बनायो ।
आईपीओमार्फत अलिबाबामा ठुलो लगानी थपिने निश्चित छ, तर अलिबाबामा अब अर्को के रु भन्ने ठुलो प्रश्न फेरी माका अगाडी तेर्सिएको छ । संघाईमा रहेको कम्पनी रेडटेकका सल्लाहकार माइकल क्लेनडेनिनले अलिबाबाको आईपीओलाई असामान्य भनेका छन् ।
जेडी र वेईबोजस्ता चिनिया टेक कम्पनीले आफ्नो व्यापार बढाउन होस् अथवा आफ्ना प्रतिपर्धीहरुलाई दबाउन आईपीओको सहारा लिए तर अलिबाबाले त्यसो गरिरहन आवश्यक छैन्, किनकि उ अहिले पनि बजारको अधिकांस हिस्सा ओगटेको कम्पनी हो ।
त्यतिमात्रै होयन् प्रतिपर्धीलाई परास्त गर्न अलिबाबासँग प्रशस्त पैसा पनि छ । उनले थपे अलिबाबाले यो बुझ्न आवस्यक छ, पैसाले धेरैथोक खरिद गर्न सक्छ तर सबैथोक खरिद गर्न भने सक्दैन ।
माका अघि अहिलेको चुनौती भनेको आईपीओमार्फत संकलन हुने रकमलाई कसरी बुद्दिमत्तापूर्ण ढंगले लगानी गर्ने भन्ने हो । अलिबाबाले मान्छेहरुलाई अवास्तविक ढंगले एकै ठाउँ भेला गराउन सक्छ र कारोबार गर्न सक्छ तर त्यो केवल ूवान ट्रीक पोनीू अर्थात् एक क्षेत्रमा अब्बल कम्पनी हुन्छ  ।
किन्डल, वेब सर्भिस र क्लाउड कम्प्यूटिंग जस्ता सेवाले एमाजोन अन्य क्षेत्र प्रवेशमा सफलता हासिल गर्दै गएको छ तर भर्खर खुलेका नयाँ कम्पनीहलाई सर्भर बेश व्यापार गर्न ठुलै चुनौती छ ।
उता एमाजोन कार्यकारी जेफ बेजोज एमाजोनलाई मल्टी ट्रीक पोनीमा रुपान्तरण गर्न अब्बल देखिए । यता माको पनि भिडियो र मिडीयाप्रति झुकाब देखिन थालेको छ उनि पनि एमाजोनले जस्तै आफ्नै बाताबरण बनाउन चाहन्छन् तर अहिलेसम्म सफल भने भईसकेका छैनन्  ।
अब अलिबाबालाई ब्ल्याक एन्ड ह्वाईट ई(कमर्स कम्पनीबाट रुपान्तरण गरि अझ बढी जटिल बनाउनु अलिबाबा र माको निर्णयमा निहित हुनेछ क्लेनडेनिनले भने ।
मा पनि इन्टरनेट व्यवसाय संचालन गर्न अब आफू युवा नरहेको भन्दै पछिल्लो बर्षको मे महिनामा प्रमुख कार्यकारीबाट राजिनामा दिएका थिए, अहिले पनि उनी बोर्ड सदस्य भने छन् ।
उनी अहिले पनि अलिबाबाका कर्मचारीलाई इमेल लेख्दै दैनिक काममा प्रोत्साहन गरिरहन्छन् । यो बर्षको पहिलो चौमासमा अलिबाबा समूह र माको आफ्नै नाममा रहेका कम्पनीले परम्परागत मिडिया, भिडियो, डिपार्टमेन्ट स्टोर संचालक आदिमा गरि करिब ३७ अर्ब यूवान लगानी गरेको छ ।
यो लगानी बैडु इन्क, टेनसेन्ट होल्डिंग जस्ता आक्रामक तथा चर्चित चिनिया इन्टरनेट लगानीकर्तामध्येको एक हो  । उसले गर्दै लगेको अटोनाभीको अधिग्रहण, इनटाइम रिटेल समूह र अनलाईन भिडियो साइट यूकुटुडु इन्क माथिको लगानीले अलिबाबा आफ्नै पर्यावरण बनाऊन् कटिबद्ध रहेको देखिन्छ, फरेस्टर रिसर्च बेईजिङकी बिष्लेशक भेनेसा झाँगले भनिन । चुनौती भनेको उसले लगानी गरेको नयाँ कम्पनीको अलिबाबामा सफल ब्यबस्थापन र रुपान्तरणमा हुनेछ ।
अलिबाबाले भू-राजनीति, अर्थशास्त्र, आफूप्रतिको आशा,  राष्ट्रिय सीमाको चेतनाले आफुलाई यूएस आईपीओमा अद्वितीय चुनौती र दबाब खेप्न परेको माले आफ्ना इमेलमा लेख्ने गरेका छन् । आइपिओमा जानु आफैमा अन्त्य नभएको र अझ यसो गरेमा कम्पनीले प्रगति गर्दै जानेमा मा विश्वस्त भने छन् ।

Tata
GBIME
Nepal Life

अलिबाबा र यसका संस्थापकले यो बर्ष गरेका खरिद
फेब्रुअरी १०: 
अघिल्लो मे महिनामा अलिबाबाले अटोनाभीको होल्डिंग्स लिमिटेडको बाँकी रहेको २८ प्रतिशत सेयर   २९ करोड ४० लाख डलरमा किन्यो
मार्च १२:
अलिबाबाले मोबाइल गेम, प्रिन्ट मिडिया, टेलिभिजन र फिल्म उत्पादक हंगकंग स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनी चाइना भिजन मिडिया समूहको ६० प्रतिशत हिस्सा लिएबापत ८० करोड ४० लाख डलर तिर्न सहमति जनायो  ।
मार्च २०: 
अलिबाबाले क्यालीफोर्नियामा आधारित मोबाइल च्याट एप्लीकेसनमा २१ करोड ५० लाख डलर लगानी गर्यो ।
मार्च ३१:
हंगकंग स्टक एक्सचेञ्जमा सूचिकृत डिपार्टमेन्ट स्टोर इनटाइम रिटेल समूहमा अलिबाबाले ६९ करोड २२ लाख डलर लगानी गर्यो  । तीन बर्षको अबधिमा यसबाट अलिबाबालाई इनटाइमको २५ प्रतिशत हिस्सा प्राप्त आफ्नो हुनेछ  ।
अप्रिल ३:
जेझीयांग फाइनान्स क्रेडिट नेटवर्क टेक्नोलोजीमा ९९ प्रतिशत हिस्सा भएका अलिबाबा संस्थापक माले ५३ करेड १७ लाख डलरमा फाइनान्सियल सफ्टवेयर उत्पादक हड्सन टेक्नोलोजिज इन्कको नियन्त्रण लियो  ।
अप्रिल ८:   
अलिबाबा संस्थापक नियन्त्रित कम्पनीले वासु मिडिया होल्डिंग्स नामक डिजिटल टेलिभिजन कम्पनीको २० प्रतिशत हिस्सा एक अर्ब छ करोड डलरमा किन्यो  ।

अलिबाबाको वृद्धिका कोसेढुंगा:
सन् २०००स् सफ्ट बैंक कर्पले अलिबाबामा दुर्इ करेड डलर लगानी गर्यो जुन लगानी अमेरिकी आईपीओ पश्चात् अलिबाबामा ३० प्रतिशत हिस्सा सफ्टबैंक कर्पको हुनेछ  ।
२००५ अगस्ट:
याहूले अलिबाबामा एक अर्ब डलर रणनीतिक साझेदारी लगानीको हस्ताक्षर गर्यो जसले गर्दा अलिबाबाको ४० प्रतिशत हिस्सा अब उसको हुनेछ । यो लगानी अलिबाबाको बिकाशमा महत्वपुर्ण रह्यो  ।
२०१२ मे:
अलिबाबाले याहूको ४० प्रतिशत हिस्सामध्ये आधि २० प्रतिशत पुन किन्यो जसबापत उसले  ७।१ अर्ब डलर तिर्यो । यूएस आईपीओ पश्चात् याहूले आफ्नो लगानी फिर्ता पाउने छ  ।
२०१२ जुन:
अलिबाबाले निर्यातमा आधारित बिटुबि वेबसाइट अलिबाबा डट कम (१६८८ डट कम)लाई हंगकंग मुख्य समूहबाट हटायो र आफ्नो ७३.१२ प्रतिशत हिस्सा रहेकोमा बाकी रहेको २६.८८ प्रतिशत सेयर पनि लगानीकर्ताबाट खरिद गर्यो  ।
अक्टोबर २०१२ – सेप्टेम्बर २०१३:
अलिबाबाले हंगकंग स्टक एक्सचेन्जको सूचीकरण समूहसंग बार्ता गर्यो जसमा ज्याक मा लगायतका उच्च कार्यकारीले धेरैजसो कम्पनीको बोर्ड मनोनयन गर्न पाउने प्रस्ताब थियो । प्रस्तावित निर्देशक चयनमा शेयरधनीहरुले भोट गर्न पाउने प्रस्ताब गर्यो जसलाई स्टक एक्सचेन्जले गूगल, फेसबुक र अन्य अमेरिकी कम्पनीजस्तो दोहोरो संरचना अस्विकार गर्यो जसले गर्दा अलिबाबाले हंगकंग स्टकबाट आईपीओ सूचीकरण गर्ने योजना स्थगित गर्यो  ।
मार्च १६ २०१४:
अलिबाबाले यूएसमा आफ्नो आईपीओ सार्बजनिक गर्ने निर्णय गर्यो । यो निर्णयले अलिबाबा विसुद्ध ग्लोबल कम्पनी बन्ने र पारदर्शी ढंगले आफ्नै दीर्घकालीन दृष्टि र मर्मअनुसार  चल्ने कम्पनीको घोसणा ।
मे ७ २०१४:
अलिबाबाले अमेरिकी स्टकमा आईपीओ को लागि आवेदन दियो  ।