सिटिजन्स बैंकले नेपाल हाउजिङ फाइनान्स किन्दै, दुबैको सञ्चालकबीच सोमबार खरीद बिक्री सम्झौंता

बिजमाण्डू
२०७१ जेठ ५ गते ००:०० | May 19, 2014
सिटिजन्स बैंकले नेपाल हाउजिङ फाइनान्स किन्दै, दुबैको सञ्चालकबीच सोमबार खरीद बिक्री सम्झौंता


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स लिमिटेडलाई खरिद गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था प्राप्ति ९एक्विजिसन० सम्बन्धी विनियमावली ल्याएको महिना दिन भित्रै बैंकले अर्को संस्था खरिद गर्ने निर्णय गरेको हो। नेपालमा पहिलो पटक एक बैंकले अर्को संस्था खरिद गर्न लागेको हो।

संस्था खरिद बिक्री गर्न दुबै संस्थाबीच सोमबार औपचारिक समझदारी भएको छ। सम्झौता पत्रमा बैंकको तर्फवाट सञ्चालक पवित्रकुमार कार्की र नेपाल हाउजिङ्ग एण्ड मर्चेन्ट फाइनान्स लिमिटेडका तर्फवाट सञ्चालक सोनाम लामाले हस्ताक्षर गरेका छन्।
बैंकले प्रतिकित्ता ५० रुपैयाँभन्दा तलको मूल्यांकनमा फाइनान्स किन्न लागेको हो । २२ करोड चुक्ता पुँजीको यो फाइनान्सका लगानीकर्तालाई नयाँ मूल्यांकनको आधारमा सिटिजन्स बैंकको सेयर नै प्रदान गर्ने आन्तरिक सहमति भएको स्रोतले बताएको छ ।
अहिले मूल्य तय भएको छैन्, हामी डिडिएको प्रक्रियामा छौं, डिडिए गरेपछि मात्रै मूल्य तय हुन्छ, बैंकका नायव महाप्रवन्धक तथा कम्पनी सचिव गणेशराज पोख्रेलले बिजमाण्डूसँग बताए ।
उनले यो प्रक्रिया यही साउन भित्रै सक्ने गरी काम भैरहेको जानकारी पनि दिए । नेपाल हाउजिङले यस अघि मर्जर प्रक्रियाका लागि डिडिए गरिसकेको छ । तर बैंकले यो डिडिएलाई फेरी एक पटक भेरिफिकेशन गर्ने भएको छ । यो प्रक्रिया आगामी साता÷दश दिनमा सकिन्छ, पोख्रेलले जानकारी दिए ।
सोमबार सिटिजन्स बैंकको प्रति सेयर मूल्य चार रुपैयाँले बढेर कारोबार भएको छ। नेपाल हाउजिङको भने सेयर कारोबार भएको छैन। सिटिजन्स बैंकको सोमवार बजार बन्द हुँदा प्रतिकित्ता ४३४ रुपैयाँ सेयर मूल्य थियो । फाइनान्सको अन्तिम कारोवार प्रतिकित्ता १९८ रुपैयाँमा भएको थियो ।
सिटिजन्स दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंक हो। नेपाल हाउजिङको चुक्ता पुँजी २२ करोड रुपैयाँ छ। नेपाल हाउजिङसँग एक अर्ब ४९ करोड रुपैयाँ निक्षेप र एक अर्ब ४४ करोड रुपैयाँ कर्जा छ। फाइनान्सको पुँजी कोष १८ प्रतिशतभन्दा माथि छ भने खराब कर्जा साढे दुई प्रतिशतको हाराहारीमा रहेको छ।
सिटिजन्स बैंकसँग ५८ करोड रुपैयाँ जगेडा कोष छ भने निक्षेप २५ अर्ब र कर्जा २१ अर्ब ७७ करोड रुपैयाँ छ। नेपाल हाउजिङको प्रति सेयर आम्दानी एक प्रतिशतभन्दा कम छ। एक्विजीशनपछि फाइनान्सका कर्मचारीलाई सिटिजन्स बैंकले ग्रहण गर्नेछ । उनीहरुलाई बैंकको सेवा सर्तअनुसार पुर्ननियुक्ति गरिने स्रोतले जानकारी दियो ।
फाइनान्सका नाममा रहेका चार शाखा पनि सिटिजन्स बैंकमा रुपान्तरण हुनेछन् । फाइनान्ससँग अहिले डिल्लीबजार, बनेपा, बौद्ध र विराटनगरमा शाखा सञ्जाल छ ।
नेपाल राष्ट्र बैंकका अनुसार, संस्था खरिद गर्ने नीति आएपछि ग्लोबल आइएमइ बैंक, हिमालयन बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सानिमा बैंक संस्था खरिद गर्ने पक्षमा छन्। यसमध्ये केही बैंकले राष्ट्र बैंकसँग भुक्तानी प्रकृया र कर्मचारी व्यवस्थापन गर्ने प्रक्रिया बारे बुझिरहेका छन्।
नेपाल राष्ट्र बैंकले गत बैशाख ७ गते  बैंक तथा वित्तीय संस्था प्राप्ति ९एक्विजिसन० सम्वन्धि विनियमावली–२०७० जारी गरेको थियो। विनियमावली जारीपछि बैंक तथा वित्तीय संस्थाहरुको चासो बढेर गएको हो।
ुअर्को संस्था लिनका लागि मर्जरभन्दा खरिद ९एक्विजिसन० नै ठिक हुन्छ। हामी पनि केही संस्थाहरुसँग निरन्तर कुराकानी गरिरहेका छौं,ु कम्पनी सचिव पोखरेलले गत साता बिजमाण्डूसँग भनेका थिए, ुराष्ट्र बैंकको नीतिलाई सघाउ पुर्याीउनु हाम्रो मूख्य उद्देश्य हो।ु उनले करिव १० वटा संस्थाहरुसँग मर्जर वा एक्विजिसनसम्वन्धि कुराकानी भइरहेको जानकारी दिएका थिए।

Tata
GBIME
Nepal Life