.jpg)
युनिलिभर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुने सेयरमध्ये महँगो मूल्यको कम्पनी हो। यसले अरु कम्पनीको तुलनामा निकै वढी लाभांस पनि वाँढ्ने गरेको छ।
गत बर्षको नाफाबाट मात्रै युनिलिभरले ७६० प्रतिशत लाभांस दिएको थियो। कम्पनीको सेयर मूल्य १४ हजार आठ सय रुपैयाँ छ। कम्पनीको प्रति सेयर आम्दानी दुई सय ४० रुपैयाँको हाराहारीमा छ।
सेयरपुँजी र जगेडा कोषसहित कुल एक अर्ब २२ करोड पुँजी कोष रहेको कम्पनीले चालु बर्षको चैतसम्म एक अर्ब १२ करोड आम्दानी गरेको छ। कम्पनीको कुल खर्च ८१ करोड ९३ लाख रुपैयाँ छ।