
काठमाडौं । साताको पहिलो दिन आइतवार सुन तोलामा तीन सय रुपैयाँले बढेर ५९ हजार पार गरेको छ । गत हप्ताको सुरुवातदेखि सुनको मूल्यले पुराना रेकर्डलाइ पछि पार्दै नयाँ रेकर्ड बनाउदै आएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले आइतवारका लागि छापावाला सुन प्रति तोला ५९ हजार दुई सय रुपैयाँ तोकेको छ । यस अघि गत शुक्रवार सुनले नया रेकर्ड बनाउँदै तोलामा तीन सय रुपैयाले बढेर ५८ हजार नौ सय रुपैयाँमा कारोवार भएको थियो ।
केहि दिन यता अन्तराष्ट्रिय बजारमा सुनको मुल्य निरन्तर उकालो लागेकोे कारण नेपाली बजारमा पनि सुनको मुल्य लगातार आकाशिदै गएको छ । चाँदीको मुल्य पनि केहि दिनदेखि लगातार बढिरहेको छ । आइतवार चाँदी प्रति तोलामा १६ रुपैयाँले बढेर एक हजार एक सय १५ रुपैयाँमा कारोवार भएको छ । गत शुक्रवार चाँदी प्रतितोला एक हजार ९९ रुपैयाँमा कारोवार भएको ििथयो ।