BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा नयाँ रेकर्ड, ५९ हजार नाघ्यो, चाँदी पनि उस्तै

२०६९ भदौ १०

सुनको मूल्यमा नयाँ रेकर्ड, ५९ हजार नाघ्यो, चाँदी पनि उस्तै
सुनको मूल्यमा नयाँ रेकर्ड, ५९ हजार नाघ्यो, चाँदी पनि उस्तै

काठमाडौं । साताको पहिलो दिन आइतवार सुन तोलामा तीन सय रुपैयाँले बढेर ५९ हजार पार गरेको छ । गत हप्ताको सुरुवातदेखि  सुनको मूल्यले  पुराना रेकर्डलाइ पछि पार्दै  नयाँ रेकर्ड बनाउदै आएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले आइतवारका लागि छापावाला सुन प्रति तोला ५९ हजार दुई सय रुपैयाँ तोकेको छ । यस अघि गत शुक्रवार सुनले नया रेकर्ड बनाउँदै  तोलामा तीन सय रुपैयाले बढेर ५८ हजार नौ सय रुपैयाँमा कारोवार भएको थियो ।  
केहि दिन यता अन्तराष्ट्रिय बजारमा सुनको मुल्य निरन्तर उकालो लागेकोे कारण नेपाली बजारमा पनि सुनको मुल्य लगातार आकाशिदै गएको छ । चाँदीको मुल्य पनि केहि दिनदेखि लगातार बढिरहेको छ  । आइतवार चाँदी प्रति तोलामा १६ रुपैयाँले बढेर एक हजार एक सय १५ रुपैयाँमा कारोवार भएको छ  । गत शुक्रवार चाँदी प्रतितोला एक हजार ९९ रुपैयाँमा कारोवार भएको ििथयो ।

Tata
GBIME
Nepal Life